धनकुटा र पोखरामा पनि जनसम्बन्ध विस्तार अभियानको समापन

धनकुटा र पोखरामा पनि जनसम्बन्ध विस्तार अभियानको समापन

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १५ नं ब्यूरोले १३६ औं मई दिवसको सन्दर्भ पारेर डेढ महिने लामो जनसम्बन्ध विस्तार अभियानको समापन गरेको छ । धनकुटाको परिचय चोकमा विशाल जनसभाको आयोजना गरि अन्तराष्ट्रिय श्रमिक मजदुर दिवस मनाउनुका साथै गत २०८१ चैत्र४ गते देखि देशभरि संचालनमा रहेको ‘जनसम्बन्ध विस्तार अभियान’को औपचारिक रुपमा समापन गरेको हो ।

ब्यूरो इन्चार्ज सिताराम बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ब्युरो सचिव डिल्लीराम बोहरा, लिम्बुवान मुक्तिमोर्चाका पारस लिम्बू , आदिवासी जनजाती महासंघका पदम तामाङ, स्वतन्त्र मजदुर नेता ईस्वरी आचार्य, महिला नेता निरु पोखरेल, अखिल क्रान्तिकारीका केस विस्नु थापा, मजदुर नेता मदन चौधरी लगायतले मन्तव्य राख्नु भएको थियो ।

योगेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केस बालकृष्ण सुवेदीले गर्नुभएको थियो भने स्वागत जिल्ला सचिव गोपाल बिश्वकर्माले गर्नुभएको थियो ।

त्यसैगरी, ‘पश्चगामी तथा यथास्थितिवादी भ्रमको भण्डाफोर गरौं, संधीय जनगणतन्त्र नेपाल स्थापनाको तयारीमा जुटौ’ भन्ने मूल नाराका साथ कास्कीमा १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवस तथा जनसम्बन्ध बिस्तार अभियान समापन समारोह एक कार्यक्रम बिच सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता र प्रमुख वक्ताको भुमिकामा क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालका केन्द्रिय सदस्य भिम श्रीस हुनुहुन्थ्यो भने केन्द्रीय सदस्य सुशीला थापाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।