प्यूठान । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्युठानको जनसंबन्ध विस्तार अभियान निरन्तर रुपमा चलिरहेको छ । चैत्र १८ गते माण्डवी गाउँ पालिकाको मार्सिवाङमा कोण सभा सम्पन्न भएको छ । त्यसै गरी उक्त दिनमा स्वर्गद्वारी नगरपालिकाको भिंगृ बजारमा र वडा नं.५ उपल्लो सारी चोकमा कोण सभा सम्पन्न गरेको छ । कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको पोलिटव्युरो सदस्य शशिधर भण्डारी र केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज टिकाराम पौडेलले सम्बोधन गर्नुभएको थियोे । कार्यक्रमको सन्चालन जिल्ला सचिव वीर बहादुर पुनले गर्नुभएको थियोे ।
त्यसैगरी चैत्र १९ गते स्वर्गद्वारी नगरपालिकाको वडा नं. २ को अडेबास चोकमा कोणसभा सम्पन्न भएको छ । जिल्ला सचिव वीर बहादुरले सञ्चालन गर्नुभएको कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य शशिधर भण्डारी र केन्द्रीय सदस्य टिकाराम पौडेलले सम्बोधन गर्नुभएको थियो । त्यसै दिन धरमपानी बजारमा पनि कोणसभा सम्पन्न भएको थियोे । कोणसभालाई पार्टीको पोलिटव्युरो सदस्य शशिधर भण्डारी र जिल्ला सचिव वीर बहादुर पुनले सम्बोधन गर्नुभएको थियोे । उक्त कोणसभालाई गोविन्द पोख्रेलले सञ्चालन गर्नुभएको थियोे ।

चैत्र २० गतेका दिन रोल्पा जिल्ला सुनिलस्मृति गाउँ पालिका खुङ्ग्रीको चोकमा कोणसभा सम्पन्न भएको छ । सभालाई पोपिटव्युरो सदस्य शशिधर भण्डारीले सम्बोधन गर्नुभएको थियोे । कार्यक्रम सन्चालन वीर बहादुर पुनले गर्नुभएको थियोे । त्यसै गरी सोही दिन रोल्पा सुनिलस्मृति गाउँ पालिका सुलिचौर बजारमा कोणसभा सम्पन्न भएको छ । सभालाई पोलिटव्युरो सदस्य शशिधर भण्डारीले र केन्द्रीय सदस्य टिकाराम पौडेलले गर्नुभएको थियोे , सन्चालन जिल्ला सचिव वीर बहादुर पुनले गर्नुभएको थियोे ।































