वैतडी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सञ्चालन गरेको जनसम्वन्ध विस्तार अभियानको आज ४ न. टोलीका नेता एव पार्टीका स्थायी समिति हेमन्त प्रकाश ओलीले झुलाघाटमा व्यानर वाचन तथा पटका पट्काए उदघाटन गर्नु भएको छ ।
उदघाटन मन्तव्य राख्दै जनसम्वन्ध विस्तार अभियान जनतासँग क्रान्तिकारी कम्युनिस्ट पार्टीको मितेरी अभियान हो भने दलाल संसदीय व्यवस्थाको गद्दीमा वसेर जनताको रगत पसिन चुस्ने शासकहरुको भण्डाफोर पनि हो भन्नुभयो ।
जनसम्वन्ध विस्तार अभियानले शोषित उत्पीडित जनतालाई जागृत, सचेत र सँगठित गर्दै शान्त सुव्यवस्थित समृध्द जनगणतत्र नेपालको स्थापना गर्न चाहन्छ । विश्वभरी नाङ्गीएको दलाल संसदीय व्यवस्थालाई विदाई गर्न चाहन्छ उहाँले वताउनु भयो ।
जनयुध्द र जनआन्दोलनवाट सत्तच्युत भएको राजतत्र र राजा पुनः. साम्रज्यवाद र विस्तारवादको उक्साहटमा सल्लवलाएको छ । दलाल संसदिय व्यवस्थाको विकल्प राजतन्त्र होइन जनगणतन्त्र हो जनगणतन्त्रका लागी सँघर्ष गरौ नेता ओलीले भन्नु भयो ।
कार्यक्रममा पिविएम लालवहादुर जाग्रीले वोल्दै सरकारको अकर्मण्यताका कुशासनका कारण युवाहरु विदेशिन वाध्य भइ पहाडका गाउँवस्ती खेतहरु रित्ता र वाझा रहेका कारण देशको कृषि अर्थतत्र परनिर्भर हुन गएको छ । राज्यका स्रोत साधनमा दलिय भागवण्डामा लुटका मच्चाउने दलाल संसदिय व्यवस्था अगाडी चल्न नसक्ने अवस्थामा रहेको छ । जनआन्दोलन र जनयुध्दको उपलव्धीको रक्षा गर्दै जनगणतान्त्रिक व्यवस्थाले मात्र जनताका अधिकारको ग्यारेण्टी गर्ने कुरा वताउनु भयो ।
कार्यक्रमलाई पार्टीका पिविएम केवी गुरुङ, धनेश्वर पोखरेलले पनि सम्वोधन गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता १ न. व्युरोका हरि सुवेदीर सञ्चालन सिसिएम डम्वर विष्ट र निलम ओलीले गर्नु भएको थियो । झुलाधाट र गोठलापानि गरी दुइ स्थानमा सभा सम्पन्न भएका छन ।
पत्रकार भेटधाट र कोणसभा पनि सम्पन्न
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज विहान वैतडीको साइलेखको सुर्य होटलमा पत्रकार भेटधाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विषयवस्तु प्रस्तुति पिविएम लालवहादुर जाग्रीले गर्नु भएको थियो । अभियान न.४ का टोली नेता हेमन्त प्रकाश ओलीले समसामयिक तथा पार्टी धारणा राखे पछि सहभागी पत्रकारहरुले जिज्ञासालाइ स्पष्ट पार्नु भएको थियो । कार्यक्रमको सहजीकरण सिसिएम हरि प्रशाद सुवेद गर्नु भएको थियो ।
वैतडीको देहमाण्डौमा कोणसभा सम्पन्न
आजै वैतडीको देहमाण्डौमा पनि कोणसभा सम्पन्न । कोणसभालाई पार्टी सिसिएम हुकुम खड्का र हरिप्रशाद सुवेदीले सम्वोधन गर्नु भउको थियो । कार्यक्रमको सञ्चालन सिसिएम डम्वर विष्टले गर्नु भएको थियो । वैतडीको देहमाण्डौ,सुर्नाय, मेमौली, र पाटन खोड्पेमा ४ देखि ६ गते बजेसम्म कोणसभा र जनभेटघाटका कार्यक्रम रहेकाछन ।