चैत्र ४,झापा। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियान २ नं. टोलीले झापाको काँकडभिट्टाबाट अभियानको उद्घाटन गरेको छ । पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रीय स्तरबाट गठित ४ टोली मध्ये एक टोलीका नेता हरिभक्त कँडेल प्रतिकले अभियानको उद्घाटन गर्नु भयो । नेता प्रतिकले यस अभियानले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन योगदान दिने बताउनु भयो । उहाँले वर्तमान संसदीय व्यवस्थामा संकट आएको बताउँदै यो व्यवस्थाको बिकल्प राजतन्त्र नभएर अग्रगामी व्यवस्था नयाँ जनवाद–बैज्ञानिक समाजवाद भएको दावी गर्नु भयो ।
कार्यक्रमको सन्चालन पार्टीका केन्द्रीय सदस्य तथा १६ नम्बर ब्युरो सेक्रेटरी बिमल निरौला, स्वागत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका झापा जिल्ला सेक्रेटरी जय आचार्य र अध्यक्षता पार्टीका पोलिटब्युरो सदस्य कृष्णदेव दनुवारले गर्नु भएको थियो ।
अखिल नेपाल जनसाँस्कृतिक महासंघका सचिवालय सदस्य तथा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा र उपाध्यक्ष डम्बर भण्डारीले स्वागत गीत गाउनु भएको थियो ।
पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य सिताराम बुढाथोकी, पार्टीका केन्द्रीय सदस्य क्षेत्रबहादुर थापा ,अनेरास्ववियु (क्रान्तिकारी) कि शोभा सेन्चुरी, पार्टीका केन्द्रीय सल्लाहकार अर्जुन राजबंशी लगायतले मन्तव्य राख्नु भएको थियो। पार्टीका केन्द्रीय सदस्य योगेन्द्र ढकाल , केन्द्रीय सदस्य बाबुराम सुवेदी , बैकल्पिक केन्द्रीय सदस्य रंगबीर डोङ, बैकल्पिक केन्द्रीय सदस्य राधा खतिवडा, बैकल्पिक केन्द्रीय सदस्य अप्सरा निरौला लगायतको कार्यक्रममा आतिथ्यता थियो ।
कार्यक्रममा जनवादी कलाकारहरू प्रबिण दर्नाल र ईस्लामले प्रगतिशील गीत प्रस्तुत गर्नु भएको थियो। अभियान टोलीले नारा जुलुस सहित काँकडभिट्टा बजार परिक्रमा गरेको थियो ।
































