क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भोलि चैत्र ४ गते देशैभर ’जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गर्दै छ । सोही अनुसार ७ नम्बर क्षेत्रीय ब्युरोको आयोजनामा क्षेत्रीय ब्युरो स्तरीय अभियानको उद्घाटन कास्की जिल्लाको पोखरा स्थित पार्टी कार्यलयको सभाहलमा पार्टीका पोलिटब्युरो सदस्य एबं ७ नम्बर ब्युरो इञ्चार्ज क. गतिले गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी क्षेत्रीय ब्युरो सेक्रेटरी क. निश्चलले बताउनु भयो ।