अखिल (क्रान्तिकारी) द्वारा नवलपरासीका तीनवटा क्याम्पसमा संगठन दर्ता

अखिल (क्रान्तिकारी) द्वारा नवलपरासीका तीनवटा क्याम्पसमा संगठन दर्ता

नवलपरासी २१ फागुन –  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध अखिल (क्रान्तिकारी)ले नवलपरासीमा तीनवटा क्याम्पसमा संगठन दर्ता गराएको छ । दिब्यज्योति बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारीका जिल्ला सचिवलालय सदस्य तथा मुल ईकाई संयोजक आनन्द ढकाल र उमा अर्गेजाको नेतृत्व र पहलमा संगठन दर्ता गरिएको जिल्ला संयोजक रमेश पाण्डेयले जानकारी दिनुभयो ।
त्यस्तै त्रिभुवन क्याम्पस बेलाटारीमा जिल्ला सचिवलालय सदस्य एंव मुल ईकाई संयोजक नगेन्द्र सोनार र जिल्ला सदस्य शत्रुघन ठाकुरको पहलमा संगठन दर्ता गरिएको छ ।
त्यस्तै बुधवार पाल्ही क्याम्पस परासीमा अखिल(क्रान्तिकारी) का क्याम्पस ईन्चार्ज जीवन कुमार हरिजन र कृष्ण कुमालको पहलकदमीले संगठन दर्ता गरिएको क्रान्तिकारीले जनाएको छ । जिल्लामा यी तीनवटा कलेजमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुदैछ ।