प्रतिकृयावादी सत्ताले ठूलो दमन गरेको सिन्धुली अमलेका शहीदका जीवन संगिनीहरुलाई पार्टीव्दारा सम्मान

प्रतिकृयावादी सत्ताले ठूलो दमन गरेको सिन्धुली अमलेका शहीदका जीवन संगिनीहरुलाई पार्टीव्दारा सम्मान

सिन्धुली ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला समितिको आयोजनामा महान जनयुद्धका अमर शहीद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम अन्तर्गत आज २०८१साल फागुन २१ गते जिल्लाको जनयुद्धको चर्चित गाउँ जहाँ प्रतिकृयावादी सत्ताले ठूलो दमन गरेको अमले गाउँमा शहीद निर्मल देवकोटाको जीवन संगिनी पूर्णकुमारी देवकोटा र शहीद प्रेम बहादुर खड्काको जीवन संगिनी लोक कुमारी खड्कालाई पार्टीका सेक्रेटरी जीवनव्दारा दोसल्ला ओढाई सम्मान गरियो । उक्त कार्यक्रममा सिन्धुली जिल्ला समितिका सहसेक्रेटरी अनुजको पनि उपस्थिती थियो ।