काठमाडौं/१२ पुस
इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा प्रदान गरिने तारा स्मृति पुरस्कार यस वर्ष बरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक तथा समालोचक निनु चापागाइँलाई प्रदान गरिने भएको छ । उक्त कुरा प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाद्वारा हिजो जारी प्रेसवक्तव्यमा जनाइएको छ ।

प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका बरिष्ठ मार्क्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको गत वर्ष पुस सत्ताइस गते दाङकाे भालुवाङमा बस दूर्घटनामा परि मृत्यु भएको थियो । उहाँको स्मृतिमा पाण्डेयका परिवारजनको मुख्य लगानी तथा इच्छुक प्रतिष्ठान र पाण्डेय सम्वद्ध पार्टीको सहयोगमा उक्त पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले बताएका छन् । सोही अक्षयकोषबाट हरेक वर्ष एकलाख रुपैयाँ पुरस्कार र सम्मानपत्र प्रदान गरिने अध्यक्ष दुःखीको भनाइ छ ।

पुरस्कार यसै वर्षदखि प्रदान गरिन थालेको र साे पुरष्कार अागामि माघ २ गते ताराकान्त पाण्डेयकाे स्मृतिदिवसका दिन प्रदान गरिने  प्रतिष्ठानले जनाएको छ। पाण्डेयकाे निधन पुस सत्ताइस गते भएतापनि उहाँलाइ माघ २ गते मात्रै अन्तिम श्रद्धाञ्जली दिएर विदाइ गरिएकाेले साेही दिनमा नै हरेक वर्ष स्मृतिदिवस मनाउने प्रतिष्ठानले  जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर