काठमाडौं/१२ पुस
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला समिति द्वारा १३२औँ माओ दिवश तथा पार्टीको राष्ट्रिय एकता महाधिवेशन घोषणा सन्देश सभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा प्रदेश संयोजक स्याम बहादुर बोहराले माओले विश्व कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै अहिलेको समृद्ध चीन माओको उपहार भएको बताउनुभयो । उहाँले माओको योगदान बारे थप बताउँदै ‘माओले सामन्तवादी युगमा रहेको चीनलाई दीर्घकालीन जनयुद्धको योजना अनुसार देशीविदेशी दलालहरूको अन्त्य गर्न सफल भई जनवादी जनगणतन्त्र चीन निर्माण गर्नुभयो’ भन्नुभयो । अहिले बिश्वको समृद्ध मुलुक बन्न पुगेको चीन निर्माण गर्न र विश्वव्यापी उथलपुथल ल्याउन माओको दर्शन प्रभावकारी भएको बोहोराको भनाई थियो ।
यसैगरि अर्का वक्ता केन्द्रीय सदस्य शशिधर भण्डारीले माअाेका याेगदान सार्वभाैम भएकाे र नेपाल जस्ता मुलुकमा मात्र नभइ विकसित मुलुकमा पनि माअाेले दिनुभएकाे दर्शन र शिक्षा मार्गदर्शन हुने बताउनभयाे । उहाँले माअाेकाे सर्वहारा सांस्कृतिक क्रान्तिलाइ अात्मसात नगर्दा नेपालका कम्युनिष्टहरुले संसदवादमा पतन हुन पुगेकाे बताउँदै अाफ्नाे पार्टीले त्यसलाइ जीवन व्यवहारमा लागू गरेर जाने सङ्कल्प महाधिवेशनबाट लिएकाे बताउनु भयाे । अर्का केन्द्रीय सदस्य नारायण योगीले हालै सम्पन्न राष्ट्रिय एकता महाधिवेशनले हामी तीन पार्टीको एकता मजबुत बनाएको कुरा राख्दै पार्टी एकताले देशिविदेशी दलालहरू तर्सेको बताउनु भयो । उहाँले पार्टीको राष्ट्रिय एकता महाधिवेशनले हामी बिचका सम्पूर्ण मतभेद अन्त्य गर्न सफल भएको कुरा बताउनु भयो । कार्यक्रमलाई वैकल्पिक केन्द्रीय सदस्य तथा घोराही नगर समिति इञ्चार्ज समेत रहनु भएका नवीन खड्काले कमरेड माओले विश्व कम्युनिस्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएपछि जनतामा उत्साह थपिएको र जनताको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै हो, अब केही परिवर्तन हुनेछ भन्ने विस्वास जनतामा रहेको बताउनु भयो ।
राता झण्डा ब्यानर बोकेका जुलुसले गगनभेदी नारा लगाउँदै घोराही नगर परिक्रमा गरेको थियो । नगर परिक्रमापछि पत्रकार महासङ्घको हलमा सभा सम्पन्न भएको थियो । पार्टीका दाङ जिल्ला सचिव ईश्वरी प्रसाद गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य तिलक बि.क.ले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन वैकल्पिक सदस्य तथा दाङ जिल्ला सहसेक्रेटरी दिपक बिष्टले गर्नुभएको थियो ।
यसैगरि पार्टीको योजना अनुसार सुकुम्बासी समस्या हल गर्न लमही नगरपालिका वडा नम्बर ३ का मुक्त सुकुम्बासी तथा मजदुर सहितको टोलीले दाङका प्रमुख जिल्ला अधिकारीलाई भेटघाट गरि ज्ञापनपत्र बुझाएको छ ।