, चितवनमा १३२ औं माओ दिवसको सन्दर्भ पारेर राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा सम्पन्न

, चितवनमा १३२ औं माओ दिवसको सन्दर्भ पारेर राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा सम्पन्न

 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , चितवन जिल्ला समितिले १३२ औं माओ दिवसको सन्दर्भ पारेर राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा सम्पन्न गरेको छ । यहि मंसिर १३ देखि २३ सम्न काठमाण्डौमा सम्पन्न महाधिवेशनका निर्णयहरु काठमाण्डौमा एक पत्रकार सम्मेलन गरि विज्ञप्ति मार्फत सार्वजनिक गरि सकेको छ । महाधिवेशनको सन्देशलाई देशव्यापी बनाउने उद्देश्यले केन्द्रिय निति अनुरुप सन्देश सभा आयोजना गरिएको हो । संसारका श्रमजीवी तथा उत्पीडित जनता र तिनको प्रतिनिधित्व गर्ने सर्वहारा अग्रदस्ता कम्युनिस्ट पार्टीहरुले हरेक वर्षको २६ डिसेम्बरमा माओ त्सेतुङलाई विश्व कम्युनिस्ट आन्दोलनमा उहाँका योगदानका कारण सम्झने गर्दछन । नेपालमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत विभिन्न कम्युनिस्ट घटकहरुले माओ दिवसलाई पालन गर्ने गरेका छन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले माओ दिवसलाई नयाँ जनवादी क्रान्तिको खुड्किला पार गर्दै वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्ने संकल्प गरेको छ । भरतपुरको चौबिसकोठीमा सम्पन्न कार्यक्रममा पार्टीका प्रदेश संयिजक चन्द्रहरी सुवेदी अटलले विश्व क्रान्तिमा माओका योगदान र नेपाली सन्दर्भमा तिनको प्रासंगिकताबारेमा आफ्नो धारणा राखेका थिए । चितवन जिल्ला संयोजक घननाथ सापकोटा बिकाशले महाधिवेशनका समसामयिक प्रस्ताव र सांगठनिक निर्णयहरु सम्प्रेषण गरेका थिए । महानगर संयोजक बाबुराम प्यासीको सञ्चालनमा भएको कार्यक्रममा इश्वरी ओझाले माओ सम्बन्धि कविता प्रस्तुत गरेका थिए भने किसान नेता प्रकाशबाबु खनालले बालिनालीमा बढ्दो विषादीको प्रयोग र अव्यवस्थित उद्योग जन्री फोहोरहरुले वातावरणमा पारेको नकारात्मक प्रभाव र तिनको रोकथामका लागि आह्वान गरिएको पत्र बाचन गरेका थिए ।