शनिबारीय साहित्य : कविता
***  ***
 
कुकुरले भन्यो कुकुर्नीलाई-
दिल्लीमा मञ्च सजाइएको छ
जन जनसम्म संस्कृति पुर्याउने
बिगुल फेरि बजाइएको छ ।
हिंड कुकुनी यो पटक कसै गरी मौका नचुक्ने हो
भजन गरौंला,हवन गरौंला लय र सुरमा भुक्ने हो ।
 
फिलिमका तरुनीहरू नाच्ने छन्
हामी पनि सँगसँगै नाचौंला
मादक धुनमा ठुमक ठुमक
जनवादी कविता वाचौंला ।
कुकुर्नी बोली-
कुकुर भएर खुरुक्क कुकुरको थान्कामा बस्नू
ती कविहरूले जस्तो रङ्ग बदल्न चैँ नसिक्नू ।
*****
अनु:मुक्ति पथिक

प्रतिक्रिया

सम्बन्धित खवर