मंसिर १, काठमाण्डौ । आज क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पुस्तकालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रिय कार्यालय ललितपुर कुपण्डोलमा आयोजित एक समारोहका बीच पार्टीका रास्टिय महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्ध किरणले दीप प्रज्ज्वलन गरेर पुस्तकालय उद्धाटन गर्नु भएको हो । संयोजक किरणले माक्र्सवादको अध्ययन र ज्ञान आर्जनका लागि पुस्तकालयको आवश्यकता रहेको बताउनु भयो ।माक्र्सवादको अध्ययन नगरि पार्टीको कार्यदिशा तय गर्न नसकिने, पार्टीमा दुई लाइन संघर्थ सन्चालन गर्न नसकिने , जीवन र जगतलाई बुझ्न नसकिने हुदा अध्ययनको आवश्यकता माथि थप जोड दिनु भयो । उहाले अध्ययनको चलन हराउदैे गएको अबस्थामा पुस्तकालय स्थापनाले नेता कार्यकर्ताको अध्ययन बढाउन मद्दत पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्ीय कार्यालय सदस्य तथा केन्द्यि स्कुल विभाग प्रमुख राम सिंह श्रीसले क्रान्तिकारी सिद्रान्त विना क्रान्ति सम्पन्न नहुने भएकाले सिद्रान्तको अध्ययनको आबश्यकता रहेको र त्यसको लागि पुस्तकालय आबश्यक रहेको बताउनु भयो । श्रीसले केन्द्रीय स्कूल विभागले प्रशिक्षणका लागि पाठ्यक्रम तयार गरेको र आगामी दिनमा केन्द्रीय कार्यालयमा पुस्तक बिक्री स्टल राख्न, पुस्तकहरु संकलन गर्ने लगायतका योजना सुनाउनु भयो ।
कार्यक्रमको अध्यक्षता र स्वागत केन्द्यि स्कुल विभाग प्रमुख राम सिंह श्रीसले, सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्ीय कार्यालय सदस्य तथा केन्द्यि स्कुल विभाग सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले गर्नु भएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सहसंयोजक सन्त बहादुर नेपाली, बरिथ्ठ नेता सी पी गजुरेल,केन्द्ीय कार्यालय सदस्य सीताराम तामाङ, केन्द्यि सल्लाहकारहरु गोबिन्द बहादुर थापा,कमल चौधरीको पनि आतिथ्यता थियो ।