सुरुवात

सुरुवात

शनिबारीय साहित्य : कविता
***  ***
 
उज्यालो देखिनु
उज्यालोको
पाइताला हिंड्नु हो
घाम उदाउनु
घामको न्यानो
फैलिनु हो
नदी बग्नु
नदीका तरङ्ग
जिउँदो हुनु हो ।
 
हरेक आरम्भ
यसैगरी
बगिरहनु पर्छ
यसैगरी
फैलिरहनु पर्छ
यसैगरी
जिइरहनु पर्छ
सुरुवात
अर्थात्
आरम्भ
निरन्तर निरन्तर
गतिवान्
भइरहनु
नजम्नु दहमा
नरम्नु फोहरमा
नहार्नु नथाक्नु
बेइमान हावा
नबन्नु
धोखेबाज प्रेम
नबन्नु
सुरुवात पनि
अन्त्य
अन्त्य पनि
सुरुवात ।