‘माओवाद र विचारधारा’ बारे भिन्न मत देखिएको छ । पूर्व माओवादीको ‘वाद’मा र पूर्व मशालले ‘विचारधारा’मा जोड रहेको छ । खासमा ‘वाद’को तात्पर्य सार्वभौम अथवा गलष्खभचकब िर विचारधारको तात्पर्य देश–विशेषसित र विशिष्टतासँग सम्बन्धित छ । हामीले ‘वाद’ मान्नुको कारण माओका विचारहरुको सार्वभौमिकतालाई स्वीकार गर्नु हो । हामीले माओका योगदानको वैश्विक महत्व हो भन्ने ठान्छौ । साथै, यो मार्क्सवादका तीन अंग– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादको विकास हो, भन्छौ ।

दर्शनमा माओको योगदान
द्वन्द्वात्मक भौतिकवादमा वस्तुमा अन्तरविरोध र विपरीतहरुको संघर्षलाई माओले सबैभन्दा जरूरी नियमको रूपमा स्थापित गरÞ्याउनु भयो । वहाँले अन्तरविरोधलाई दुईथरिको बताउनु भयो– एउटा, शत्रुतापूर्ण अन्तरविरोध र दोस्रो, अशत्रुतापूर्ण अन्तरविरोध । वहाँले जोड दिनु भयो कि यी दुवैको स्पष्ट पहिचान क्रान्तिको लागि जरूरी छ ।
उस्तै, समाजवादी व्यवस्थामा पनि अन्तरविरोधको नियम जारी रहे र यसको विकास वर्ग संघर्षमा हुने कुरा पनि माओको सार्वभौम दर्शनिक योगदान हो ।

कामरेड माओ त्से–तुङले सर्वहारा वर्गको अधिनायकत्वको अवस्थामा कसरी क्रान्ति गर्ने भन्ने प्रश्नको समाधान समेत गर्नु भयो । सर्वहारा वर्गको अधिनायकवाद भएको समाजमा बुर्जुआ प्रतिक्रान्तिलाई कसरी रोक्ने, पुँजीवादको पुनर्स्थापना कसरी रोक्ने र कसरी सर्वहारा अधिनायकवादलाई सुदृढीकरण गर्ने भन्ने प्रश्नहरुको समाधान वहाँले गर्नुभयो । त्यसकारण, कामरेड माओले निर्बाध क्रान्तिको मार्क्सवादी–लेनिनवादी सिद्धान्तलाई रचनात्मक रूपमा विकास गर्नु भयो ।

माओका यी योगदानलाई ‘मात्र विशिष्ट’ हुन् भन्न मिल्दैन। उनका यी दार्शनिक सिद्धान्त सम्पूर्ण विश्वमा लागू हुन्छन् । माओका योगदाहरु मार्क्सवादी अर्थशास्त्र र वैज्ञानिक समाजवादसम्म छन् । वहाँले पूर्वेली देशहरुको समाजवादतर्फको यात्रा पश्चिमी देशहरुको जस्तै न हुने र यसो गर्दा जडसूत्रवादको शिकार हुने कुरा स्पष्ट पार्दै, विश्व क्रान्तिमा ठुलो योगदान दिनु भएको छ । क्रान्तिपछि पनि कृषि र उद्योगीकरणको सन्तुलनको विचारले मार्क्सवादी अर्थतन्त्रलाई परिस्कृत पारेको छ ।

जनयुद्धको बुझाइ
‘क्रान्ति निष्कलंक र मयालु हुन्दैन’– लु शुन
जनयुद्धबारे ल्याइएको प्रस्ताव घोर दक्षिणपन्थी प्रस्ताव हो । यस प्रस्तावले यथास्थितवादको सेवा गर्दछ र जनताको क्रान्तिकारी चेताना र उसका महान सहासिक पहलकदमीलाई न्यून पार्दै, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको तथा नेपाली सामन्तवाद र दलाल नोकरशाही वर्गको विचारलाई पोषित गर्दछ । तपाईहरुको प्रस्तावमा भनिएको छ, ‘जनयुद्ध निम्मपुँजीवादी अराजकताको परिणाम हो । ‘तपाईहरुले यहाँ निम्न पूंजीवादी अराजकतालाई बुझ्न सक्नु भएन कि जस्तो लाग्यो ।’ शब्दछलू दक्षिणपन्थी औजार हो । यो शब्दको जथाभावी प्रयोग गरी बौद्धिक आतंक सृजना गरिएको छ, जबकि लेखक(प्रस्तावक)हरुले नै यसको अर्थ बुझेको जस्तो देखिन्न ।

दोस्रो, ‘रिस, इवी आदि का कारणले जनसेनामा भर्ती भएका लडाकूहरुले मनोगत योजना बनाएर र प्रतिशध लिनकालागि व्यक्ति माथि कारवाही गरे ।’ यदि यस्तो थियो भने यो आपराधिक कृत्य हुन्थ्यो । तर, जनयुद्धको प्रत्यक कारवाई राजनीतिकले प्रेरित थियो । यो कुरा राज्यले आफ्नै दस्तावेजहरुमा स्वीकारेको छ । त्यहाँ यस्ता कारवाहीलाई राजद्रोह जस्ता आरोप लगाइएका छन्, भने माओवादी बन्दीहरुलाई राजनीतिक बन्दी स्वयं राज्यले मानेको थियो ।

‘जनतामा क्रान्तिकारी चेतना थिएन ।’ यो झनै दक्षिणपन्थी भाषा हो । ज्ञढण्छको क्रान्ति पछि यस्ता आरोप मेनशेविकहरुले लगाउने गर्दथिए । उस्तै, पेरिस कम्यून पछि पनि संशोधनवादीहरु यस्ता कुतर्क गर्दथिए । तपाईका यस्ता आरोप नयाँ होइनन्, यो दक्षिणपन्थीहरुको समान्य भाषा हो । चीनमा पनि यस्ता आरोपहरु किसानहरुमाथि लगाउदा माओले यस्ता आरोपहरुको संशोधनवादी चरित्रको चिरफार गर्दै, ‘हुनानमा किसान आन्दोलनको पडताल’ गर्दै रिपोर्ट लेख्नु भएको थियो ।

‘नियमित सेना बनाउने स्तरमा जनसेना थिएन ।’ यसमा धेरै भन्नु के छ, संक्षिप्तमा के भन्न सकिन्छ भने, यसो थियो भने ‘अनमिन’ किन मध्यस्थता गर्न आयो ? किन शाही सेनाले युद्ध विराम स्वीकार्यो ।

‘जनता सडकमा उत्रेन ।’ तपाईहरुको प्रस्तावमा उल्लेखित यो शब्दछल पनि तथ्यसँग मेल खाँदैन । जनयुद्धको पूर्ण अवधिमा सर्वत्र जनताका आन्दोलन भइरहेको कुरा त्यस बेलाका समाचार पत्रहरु नै पढरे बुझन सकिन्छ । उस्तै के जनयुद्धले क्रान्तिकारी संकट सृजना नगरेको भए जनआन्दोलन–२ हुन्थ्यो ?
‘अन्तरराष्ट्रिय सहयोग प्राप्त हुन सकेन ।’ यस्तो थियो भने भारतमा ठुला–ठुला रÞ्याली किन भए, युरोपमा किन जनता सडकमा ओर्लिए ? पहिला तपाईहरु पनि रिममा हुनुहुन्थ्यो । त्यो अन्तर्राष्ट्रिय सहयोग थिएन भने किन हुनुहुन्थयो ?

‘राजासित कार्यगत एकता गरÞ्यो ।’ यसलाई माओका शब्दमा अन्तरविरोधहरुको सही प्रयोग भनिन्छ । सम्राज्यवादी घेराबन्दीलाई तोड्न स्टालिनकै नेतृत्वमा फासीवादी हिटलरसित शान्ति सम्झौता गरिएको थियो । त्यो के हिटलरसित सहकार्य थियो ?

तपाईका आरोपहरु पढ्दा के लाग्छ भने तपाईहरु जनताभन्दा पनि राजा र संसदीय दलहरुका वकिल हुनुहुन्छ । उनीहरुको नोक्सानको धेरै चिन्ता गर्नु हुन्छ । माओवादीसित जनता थिएन भने राजाले दुई–दुई पटक वार्ता किन गरे । साथै, जन परिचाललाई बुझ्नको निम्ति तपाईहरुले ठुला–ठुला अभियानहरुको भिडियो हेर्नु पर्दछ ।
गणतन्त्र प्राप्त गर्नुलाई ‘ठूलो मूल्य चुकाएर सानो उपलब्धि’ हो भनिएको छ । तपाईले बताउनुस्– यो सानो उपलब्धि पूर्वका पार्टीहरुले किन हासिल गरेनन् ? यो सानो उपलब्धि माओवादी पार्टी र जनसेनाबाटै किन ल्याइयो ? यो जस्तो बाहियात अभिव्यक्ति स्वयं साम्राज्यवादीहरुको मुखबाट पनि कहिले सुनिएन ।

त्यसै प्रस्तावमा माथि ‘मनोगत’, ‘जनताको समर्थन न भएको’, ‘निम्न पूंँजीवादी अराजकता’ भनिएको र तल भनिएको छ, ‘राज्यसत्तालाई समाप्त गरेर जनताको नयाँ जनवादी गणतन्त्र स्थापना गर्नका लागि युद्धमा होमिए’, ‘नेपाली वीर वीरांगनाहरुले क्रान्तको निम्ति रगतको आहुति दिए’ भनिएको छ । यति अन्तरविरोधी प्रस्ताव कसरी लेख्न सकिन्छ हँ ? ‘उग्र वामपन्थी’ शब्दलाई परिभाषित गरिएको छैन ।

अहिलेको नेतृत्वलाई लिलिसानको उदारण दिएर घुमाइफिराइ नेतृत्व परित्याग गर्न भनिएको छ । यसले स्पष्ट पार्दछ कि तपाईहरुको मनसाय वास्तवमा पार्टी कब्जा गर्नु बाहेक केही छैन । प्रस्तावको अन्तिम पैरा त झनै पार्टी कब्जा गर्ने प्रवृत्तिको घृणास्पद उदाहरण हो ।
तपाईले जे–जे कुरा लेख्नु भएको छ, त्यो नै तपाईको मनमा जनयुद्धको बुझाईको कमजोरीलाई स्पष्ट पार्दछ । जनयुद्धलाई तपाईहरुले बुझ्न नसक्नु, तपाईकै माक्र्सवादी बुझाइ अत्यन्त कमजोर, घोर दक्षिणपन्थी रहेको साबित हुन्छ ।

जातीयता र संघीयताबारे
जनजाति समस्याबारे दस्तावेजमा बाघ र बाख्रालाई एक सरह मानिने गैर मार्क्सवादी चिन्तन हावी छ । बहुसंख्यक अहंकारवाद र स्थानीय जातीय ‘अहंकारवादलाई’ एक भनिएको छ । कमजोरले आफुमाथि गर्व गर्नु र शोषकले आफुमाथि गर्नुमा फरक हुन्छ । शोषकको गर्व शोषणमाथि गर्व हो । जबकि गरीब, कमजोरको गर्व श्रममाथिको गर्व हो ।

प्रस्तावमा पहिचान, जातीय, दलित जनताको मागहरुलाई साम्राज्यवादी षड्यन्त्र भन्नु पहाडिया खस अहंकारवाद र शोषणलाई निरन्तरता दिनु बहाना हो । नेपालको हालको संरचना जनजाति, आदिवासी जनताको शासनमाथि अतिक्रमणमा आधारित छ । यो वर्तमान संरचनालाई ध्वस्त नपारिकिन जनताको मुक्ति असंभव छ । तर, तपाईको दस्तावेजमा यसै संरचनालाई निरंतरता दिने विचार छ । यो जनता विरुद्धको धोका हो । यसमा जनताभन्दा पनि भौगोलिकतालाई बढी महत्व दिएको छ । यो टेरिटोरियल नेशनालिज्म (तभचचष्तयचष्ब िलबतष्यलबष्किm) अथवा भौगोलिक सीमालाई राष्ट्रवाद मान्नु फासिवादी राष्ट्रवादको रूप हो । उता लेनिन र स्टालिनलाई संदर्भबाट काटेर र आधा–अधूरो उध्दृत गरेर यस दस्तावेजलाई ‘माक्र्सवादी’ आवरण दिने छल गरिए पनि यीे भयानकस्तरका संशोधनवादी प्रस्तावहरु हुन् ।

समस्या बताएर ‘समाधान गर्नु पर्दछ’ मात्र भनिएको छ । यो घालमेल हो । क्रान्तिकारीहरुले ‘गर्नु पर्दछ’ भनेर छुट्टी पाइन्न । उनीहरुले त हामिले ‘यो गर्छौँ’ भन्नु पर्दछ । यो पूरा दस्तावेज भ्रम फैलाउने दस्तावेज हो र यसको कुनै ठोस आधार छैन । यो वितण्डावादी दस्वावेज हो, यो संशोधनवादी दस्तावेज र सारमा यो घोर दक्षिणपन्थी दस्तावेज हो । किनकि, कामरेड स्टालिनले भने झै, ‘विषयलाई भ्रमित गर्नु÷पार्नु संशोधनवाद हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर