शनिबारीय साहित्य : सङ्गीतवद्ध गीत
*** ***
कुनै पाइला डोब बस्छन्, कुनै मेटिन्छन् !
छुट्छन् कोही दोबाटोमा, कोही भेटिन्छन् !
भावनाले कोरिएको किरेमिरे बाटो
भावनामै ठेस लागे, बाटैभरि फाटो
विछोडका गीत पनि त्यहीँ लेखिन्छन्
जहाँनिर मिलनका अतीत भेटिन्छन् !
एउटा थिति बसालेर रोपिएको माया
अर्को थिति खोजिहिँड्दा पुग्छ दायाँबायाँ
माया मिले आँखैभरि लाखै देखिन्छन् !
आँखा छोपे अन्नैमुष्ठी, नौलाखै छेकिन्छन् !
कुनै पाइला डोब बस्छन्, कुनै मेटिन्छन् !
छुट्छन् कोही दोबाटोमा, कोही भेटिन्छन् !
–––