अखिल(क्रान्तिकारी) कास्की जिल्ला समितिका अध्यक्ष गगन परियारव्दारा यही चैत्र ५ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरी कास्की जिल्लामा संचालित नीजि शैक्षिक संस्थाहरूले संचालन गरिरहेको वार्षिक परिक्षाको सन्र्दभमा पोखरा महानगरपालिका–५ मा अवस्थित शान्तिनिकेत बोर्डिङ्ग स्कूलले अभिभावकले पुरा शुल्क नतिरेको बहानामा विद्यार्थीलाई परिक्षा दिने अधिकारबाट बन्चित गरेको हुँदा विद्यार्थीको मानसिक असर पर्ने गरी उसको भविष्यमाथी खेलवाड गर्ने कार्य तुरुन्त बन्द गरी विद्यार्थीलाई तत्काल परिक्षा दिने वातावरण मिलाइयोस् भनेका छन् ।
विज्ञप्तिमा यदि त्यसो नगरीएमा हाम्रो संगठन कडा संघर्षका कार्यक्रम सहित अगाडि बढ्न बाध्य हुनेछौं भन्दै उक्त संघर्षबाट आउने गम्भिर परिस्थितिको जिम्मेवारी स्वयम् विद्यालय हुने छ भनिएको छ । साथै अन्य विद्यालयहरूमा पनि यस्ता खालका गतिविधि नगर्नुहुन पनि अनुरोध गरिएको छ ।
विज्ञप्तिमा अखिल(क्रान्तिकारी) त्याग, समर्पण, बलिदानका उच्च कोटाहरू पूरा गर्दै नेपालको राजनीतिक र शैक्षिक क्षेत्रको आमूल रूपान्तरणको निम्ति संघर्षरत रहदै आएको छ र राष्ट्रियता, जनतन्त्र र जनजीवनको पक्षमा संघर्ष र वर्ग संघर्षका कठिन र चुनौतीपूर्ण दिनहरूको समेत सामना गरेर अगाडि बढिरहेको बिषय कहिँकतै छिपेको छैन भनिएको छ । नेपालको वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाले नेपाली जनतालाई दिन प्रतिदिन राजनीतिक, आर्थिक, सामाजिक साँस्कृतिक क्षेत्रमा अस्थिरता, परनिर्भर, विभेद, असमनाता र पराधिन तर्फ उन्मुख गराउँदै लगिरहेको छ भने राज्य शिक्षा क्षेत्रको दायित्वबाट जिम्मेवार मुक्त भई शिक्षालाई नीजिकरण गराउँदै शैक्षिक माफियाहरूलाई लुटी खाने भाँडो बनाएको छ । आजको महंगो शिक्षा प्रणालीले विद्यार्थीहरूले ज्ञान लिने पाउने अधिकारबाट बन्चित हुनु परेको छ भने अभिभावकहरूले पनि आफ्नो बाबुनानीहरूलाई सहज रूपमा पढाउन सकिरहेको छैन भन्दै प्रधानाध्यापक शान्तिनिकेत बोर्डिङ्ग स्कूल, कास्की प्याब्सन र एन प्याब्सन अध्यक्षहरुलाई बोधार्थ सहित निम्न विज्ञप्ति प्रकाशित गरिएको छ :

प्रतिक्रिया

सम्बन्धित खवर