उदयपुरमा संसदीय व्यवस्थाको पुत्ला दहन

उदयपुरमा संसदीय व्यवस्थाको पुत्ला दहन

उदयपुरमा संसदीय व्यवस्थाको पुत्ला दहन

मौसम भुजेल
२६ पौष बिहीवार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल उदयपुरले उदयपुरको सदरमुकाम गाईघाटको पिपल चोकमा संसदीय व्यवस्थाको पुत्ला दहन गरेको छ । उक्त कार्यक्रमको सम्बोदन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला क्रार्यालय सचीव निशान कटुवालले साम्राज्य वादको मिलेमहत्तोमा निर्माण भएको हात्या, हिंसा, बलात्कार,मानव तस्कर गर्ने र साम्राज्य वादको टाङमुनी लम्पसार परि रास्ट्रलाई नै नामेट पार्ने रास्ट्रघाती सन्धि सम्झौता गर्ने भ्रष्टाचारी दलाल संसदीय व्यवस्थाको आन्त्य नगरी सुखी नेपाली समृद्ध नेपाल बन्दैन्न देशलाई कंगाल बनाउने युवाहरूलाई बेरोजगार थोपर्ने घाटमा पुग्न लागेको संसदीय व्यवस्थाको अन्त्य गरि यस्को खरानी बाट जनताको बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न सम्पुर्ण जनसमुदायहरु लाई एकाकार भएर लाग्न अपिल गर्नुभयो ।

उक्त कार्यक्रमको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला संयोजक क. जटीलले गर्नु भएको थियो भने सम्मोधन पार्टीका कार्यालय सचीवले गर्नुभएको थियोे उक्त क्रार्यक्रममा उदयपुर जिल्लाका नेता कार्यक्रताको उल्लेखनीय उपस्थिति रहेको थियो ।