दाङमा माअाे दिवश सम्पन्न

दाङमा माअाे दिवश सम्पन्न

ईश्वरीप्रसाद गैरे, १० पुस/देउखुरी,
अाज दाङका देउखुरीमा १३१ अाैँ माअाे दिवश एक कार्यक्रमका बिच सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङको अायाेजनामा भएको कार्यक्रममा विभिन्न वक्ताहरूले माअाेकाे याेगदानबारे चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज समीरले अाफ्नाे पार्टीले माअाेकाे सैद्धान्तिक विचारलाई मार्गदर्शन मान्दै जनयुद्ध गरेको र साे युद्धको बलमा राजतन्त्रको अन्त्य भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मशाल) का दाङ जिल्ला सचिव रामबहादुर जि एम, थारु राष्ट्रिय मुक्तिमोर्चा केन्द्रीय संयोजक राम जि थारु, रक्तिम परिवारका पुर्ब अध्यक्ष नारायण योगी लगाएतका बक्ताहरुले माओदिबश मनाउनेपर्ने कारण सहित ब्याख्या गर्दै नक्कली माओवाद प्रति सजक रहनुपर्ने कुरा राख्नु भएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङका संयोजक नबिनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला सचिवालय सदस्य ईश्वरी प्रसाद गैरे तथा सञ्चालन नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य लिला बहादुर पुन(लालध्वज)ले गर्नुभएको थियो ।