सङ्क्षिप्त परिचय
६० वर्षमा सहादत (१९९८-२०५८)
पहिलो जेलगमनः २०५५\९\१३ (९ महिनापछि जेलमुक्त)
दोस्रो जेलगमनः २०५८ पुस १ गते (जेलमै चरम यातनाका कारण १० दिनपछि मृत्यु)
औषधि उपचारको व्यवस्था समेत नगरेका कारण मृत्यु ।
इमानदार शिक्षक, सच्चा भौतिकवादी क्रान्तिकारी र जनताका मित्र ।
उच्च साम्यवादी चेतना । असल सङ्गठक, वक्ता र विश्लेषक ।
उहाँको सहादत कृष्ण सेन इच्छुकसँग मिल्दोजुल्दो । उही प्रकृतिको
यस घटनाले तत्कालीन राज्यको चरम बर्वर चरित्रलाई उद्घाटित गर्दछ । यस्ता घटना देशैभरि भएका छन् र त्यस क्रममा करिब पौने दुई सय सांस्कृतिक सहिदहरूले बलिदान दिएका छन् ।
पुस्तकबारे
- यो एउटा प्रखर वैचारिक काव्य हो । परम्परित आख्यान बोकेको खण्डकाव्य होइन।
यसमा कुनै स्थान र कालविशेषका पात्रक जीवनको कथा भनिएको छैन । विशेषतः पूर्वीय हिन्दू धर्म र पुराणका स्थापना, नीति, नियम र तद्नुरूपको आचरणलाई आधार बनाई तिनमा रहेको अधर्मको सार र अवैज्ञानिक रुढि तथा अन्धविश्वासलाई छ्याङ्ग पारेर देखाइदिने अनि त्यसका व्यतिरेकमा धर्म वास्तवमा के हो भन्ने कुरालाई स्पष्ट पार्दै साम्यवादी हुनु र विभेद रहित समतामूलक आचरणलाई खास धर्मका रुपमा सिद्ध गर्नु यस काव्यको उद्देश्य हो ।
यसको मूल्याङ्कन परम्परित काव्यमान्यताका आधारमा हुन सक्दैन । यसलाई भौतिकवादी र अझ ऐतिहासिक भौतिकवादी मूल्यबोधका आधारमा पठन, आस्वादन र मूल्याङ्कन गर्नु पर्दछ र मात्र लेकख तथा कृतिप्रति न्याय हुन्छ ।
मूल कथ्य विषयहरू
- वर्णाश्रम व्यवस्था र जातिहरूको सिर्जना
लेखकले अधर्मको आरम्भ र चरित्रलाई सिद्ध गर्न त्यसको पहिलो स्रोतका रूपमा समाजमा वर्णव्यवस्था र जातीय विभाजनको परिघटनालाई लिएका छन् ।
हिन्दू धर्मले ब्रह्मलाई सृष्टिकर्ता मानेर ब्रह्माबाटै वर्णव्यवस्थाको उदुय भएको बताएका छन् । ब्रह्माका मुखबाट ब्राह्मण, पाखुराबाट क्षत्रीय, जङ्घाबाट वैश्य र खुट्टाबाट शूद्र (दलित) जनज्मेको कथा रचेर समाजमा वर्णभेद जातीय विभाजनको रचना गरी यहीँबाट अधर्मको आरम्भ भएको बताएका छन् ।
दास व्यवस्था हुँदै सामन्तवादी व्यवस्थामा आइपुग्दा यो परिपाटी बलियो हुँदै गएको हो र यसले मानवद्वेषी अन्यायपूर्ण व्यवस्थालाई स्थापित गर्यो जसको प्रवर्तक, व्याख्याता तथा त्यसलाई वैधता प्रदान गर्ने ब्राह्मणहरू भए ।
सभ्यताको विकासमा टाठा बाढा, तुलनात्मक रूपमा शक्तिशाली मानिसहरूले कमजोर शक्तिहीन तथा युद्धमा पराजित भएका पुरुष तथा महिलालाई दास बनाउने चलन आरम्भ भएको हो । कालान्तरमा तिनैलाई दलित /शूद्र भनियो ।
मातृसत्ताको विघटन भई पितृसत्ता स्थापित भएपछि त्यसले महिलालाई पनि दासी सरह नै व्यवहार गर्यो । महिलामाथिको उत्पीडन र तिनको स्वतन्त्रताहरण पनि त्यहीँबाट आरम्भ भयो ।
(ढोल गवाँर शूद्र पशु नारी, यी सब हुन् ताडडनका अधिकारी- मनुस्मृति/ ६० औं श्लोक )
- वेदान्तको काल्पनिकी र अधर्मको सार
ब्रह्म सत्य जगत् मिथ्या – यो दार्शनिकी आफैमा असत्य, अयथार्थ र फोस्रो कल्पना हो भन्ने व्याख्या । (श्लोक ३०-५६)
जगत् मिथ्या हो भने बाहुनले /राजाले किन किन मिठो मिठो खानुपर्ने, किन विलासी जीवन भोग्न लालायित हुनुपर्ने । बिरामी हुँदा किन ओखतीमुलो गर्नुपर्ने ?
गर्ने गराउने सबै कृष्ण भनेपछि चोर्ने , व्यभिचार गर्ने पनि कृष्ण र पीडित हुने पनि कृष्ण । त्यसो भए न्याय र दण्डसंहिता किन चाहियो ?
विष्णुको नामै लिएर स्वर्ग पुगिने भए फेरि बित्थामा वैतरणीको झञ्झट किन ?दान सिधाको नियम किन ?
जस्तै दुष्कर्म गरे पनि विष्णुको नाम जप्नाले के ऊ दोषमुक्त हुन्छ ? ऊ सजायँको भागी हुनुपर्दैन ?
- स्वर्ग नरकको वास्तविकता बारे चिन्तन र भ्रमक खण्डन । श्लोक ११३ देखि
- देवताहरूको व्यभिचारको उद्घाटन
इन्द्रले शची (पुलोपमा दैत्यकी छोरी/शूद्र)की छोरीलाई अङ्कशायिनी बनाएको । ऋषि गौतमपत्नी अहिल्यालाई छल गरी सतीत्व लुटेको । विष्णुले छल गरी जालन्धर पत्नी …. को सतीत्व हरण गरेको । कृष्णले रास लीला नचाएको जस्ता अनेकौं स्त्रीभोगी मर्यादाहीन दुष्कर्मका कथा छन् जसले देवताहरूको अधर्मको पोल खोल्दछ ।
- कर्मकाण्डः जनतालाई ठग्ने र तिनमा सत्ताको डर बनाइराख्ने बलियो अस्त्र भएको व्याख्या ।
- अवतारवादको भ्रमपूर्ण भाष्यको आलोचना र खण्डन । हो भने सबै मानिस आफ्ना आमाबाबुका अवतार हुन् भन्ने तर्क ।
- आत्माको अमरता, अद्वैतवादी वेदान्तको सारहीनता/अवैज्ञानिकताको पुस्ट्याइँ । श्लोक ३५३ देखि ।
- पुँजीवादी प्रजातन्त्रमा समाजवाद र सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया सम्भँ नरहेको र त्यो वैज्ञानिक समाजवादमा मात्र सम्भव भएको व्याख्या । श्लोक ३९५ देखि , विशेष ४०२ देखि ।
- अन्त्यमा खास ध्रम भन्नु मानिसबिचको शोषण र विभेदक अन्त्य, सर्वहारा मानवतावादको स्थापना, श्रमको मूल्य स्थापना, स्वस्थ जीवन बाँच्न पाउने अधिकारको ग्यारेन्टी, बिनाभेदभाव सबैले शिक्षा प्राप्त गर्ने व्यवस्था, सबैको स्वाभिमान र सम्मान, नारीस्वतन्त्रताको ग्यारेन्टी नै खास धर्म हो । अनि यो धर्म समाजवाद र साम्यवादमा मात्र स्थापित हुनु सम्भव छ भन्ने निष्कर्ष ।
- (नोट ः प्रश्तुत समीक्षा माक्र्सवादी धाराका बरिष्ठ समालोचक प्रा.डा.ताराकान्त पाण्डे्यले आज लमजुङको भोटे ओढारमा आयोजित कृति परिचर्चा कार्यक्रममा आफ्ना विषयवस्तु प्रस्तुत गर्नका लागि पारिएको टिपोटलाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक)