क्रान्तिकारी बुद्धिजीवी संगठन नेपालको केन्द्रिय समितिको बैठक माघ ५ र ६ मा हुँदै

क्रान्तिकारी बुद्धिजीवी संगठन नेपालको केन्द्रिय समितिको बैठक माघ ५ र ६ मा हुँदै

१ पुष, काठमाडौँ ।
क्रान्तिकारी बुद्धिजीवी संगठन नेपालको केन्द्रीय समितिको बैठक माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ । मंसिर ३० गते संगठनका संयोजक बालकृष्ण ओलीको अध्यक्षतामा काठमाडौंमा बसेको विस्तारित सचिवालय स्तरको बैठकले यो निर्णय गरेको हो । बैठकले रिक्त रहेको सह–संयोजकमा भागिरथ न्यौपानेलाई जिम्मेवारी समेत तोकेको छ । बैठकमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य तथा बुद्धिजीवी संगठनका इन्चार्ज रामसिंह श्रीसको समेत उपस्थिति रहेको थियो । बैठकमा सहभागी सम्पूर्ण सदस्यहरुलाई कमरेड रामसिंह श्रीसले दिशा निर्देश गर्नुभयो । उहाँले भन्नुभयो ‘पार्टीमा बुद्धिजीवी संगठनको विशेष भुमिका हुन्छ । यो मोर्चा पार्टीको थिङ्क ट्यांक हो ।
समाजमा कथित (नामधारी) कम्युनिष्टहरुले थुप्र्रै भ्रम सिर्जना गरेका हुन्छन् । त्यसलाई बुद्धिजीवी संगठनले चिर्नुपर्छ । हाम्रा सामू थुप्रै चुनौतिहरु छन् । त्यसको सामाना हाम्रो संगठनले गर्नुपर्छ । पार्टीको योजनालाई साथ दिदै बुद्धिजीवी संगठन अघि बढ्नु पर्छ उहाँले भन्नुभयो । हाम्रो समाजको अध्ययन तथा सर्वे गर्न सिताराम तामाङको नेतृत्वमा टोली दुई महिने अभियानमा हिडेको समेत उहाँले बताउनु भयो । यस्ता अध्ययन तथा सर्वेक्षणबाट निस्केको निचोडले जनताको आजको आवश्यकता थाहा हुने तथा यसलाई आधार मानेर पार्टीले नीति बनाउन सजिलो हुने समेत उहाँले बताउनु भयो ।