शनिबारीय साहित् ः गीत
१)विहानीको कलिलो घाम
हटाउनु छ विकृति ठामठाम
भाले बास्यो उज्यालो भो पाखा पखेरामा
अझै पनि घाम लागेन कुना कप्चेरामा
पसिना र परिश्रमको खोलो बगिराछ
जनताको जिन्दगानी खडेरीले खाछ
२)हटाउनु छ विकृति सारा
संघर्षमा दिनरात खटेर
कर्म गर फलको आस नगर है भन्छ
यस्तो खाले दर्शनले हाम्लाइ कहाँ लान्छ
विपनालाइ आफालेर सपनाको कुरा
अन्यायको काम गर्दा कैले हुन्छ पूरा
३)निरन्तर हिड्नु छ आगाडी
सहि बाटो नफर्की पछाडी
विपनाको सुख छाडि सपनाको स्वर्ग
छलकपटमा हिडेको छ शोषकको वर्ग
सोझा सादा अज्ञनी र दीनदुखीलाइ
जुकालेझै चुसको छ गरीब निमुखालाइ
४)शोषक सामन्ती जाली
जाली जति हुदैन नफाली !
भ्रष्टाचारको जालो फैलियो देशैभरी सारा
छाती खोली हिडेकाछन हेर मुलुक मारा
राष्ट्रवादको कुरा गर्छन लाज पचाएर
देश बल्ल अघि बढ्छ यिनलाई हटाएर
५)हालीमुहाली भयो दाइ तिनैको
जरो किलो उखालौ तिनैको !