– रवि ‘विकल्प’
सलाम
मनवताका लागि लड्नेलाई
सलाम
आमाका निम्ति मर्नेलाई
सलाम
शान्तिको ज्योति छर्नेलाई
सलाम
उज्यालो दीप बाल्नेलाई
सलाम
परिर्वतनको काम थाल्नेलाई
सलाम
मेहनतकस
ती नंग्रा खियाउनेलाई
शहिदका सपना जियाउनेलाई
सलाम
कलम लिनेलाई
लेख्न दिनेलाई
लाल सलाम
सर्मपण…
(दिब्यपल्लबी साहित्यिक मासिक पत्रिकाको बि.स.२०६२ सालको माघ अंकमा प्रकाशित)































