भक्तपुर नगर कमिटिको एकता अधिवेशन, प्रक्षिण तथा बैठक सम्पन्न

भक्तपुर नगर कमिटिको एकता अधिवेशन, प्रक्षिण तथा बैठक सम्पन्न

 

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुर नगर कमिटिको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको एकता अधिवेशनले मदन लामाको संयोजकत्वमा १५ सदस्यीय नगर संगठन समिति निर्माण गरेको छ ।


पार्टी नगर कमिटि इन्चार्ज रामहरी गजेनुको अध्यक्षता र जिल्ला संयोजक मदन लामाको सञ्चालनमा सम्पन्न एकता अधिवशेनमा पार्टीका सचिवालय सदस्य तथा
पार्टी जिल्ला इन्चार्ज सरुले प्रमुख अतिथिको आसनबाट महत्वपूर्ण वैचारिक, राजनीतिक तथा सांगठनिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला पार्टी संयोजक विस्वास, पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला पार्टी सह –संयोजक श्रीकृष्ण सुलु र युवा संगठनका भक्तपुर जिल्ला संयोजक राजु लोयला अतिथिको आसनबाट मन्तव्य राख्नु भएको थियो ।