२२ भाद्र पोखरा ।
एकीकृत दलित मुक्ति मोर्चा, नेपालको ४ नम्बर प्रदेश एकता भेला, प्रशिक्षण तथा बैठक पोखरामा भव्यरुपमा सम्पन्न भएको छ । उक्त भेलाले राजकुमार सुनारको संयोजकत्वमा ५ सदस्य पछि थप गर्ने गरी २७ सदस्यीय प्रदेश संगठन समिति गठन गरेको छ ।

भेलाको प्रमुख अतिथि पार्टीका केन्द्रिय कार्यालय सदस्य एवंम ४ नंम्बर प्रदेश इन्चार्ज बाबुराम गजमेर, पार्टीका केन्द्रिय सचिवालय सदस्य एवंम ४ नंम्बर प्रदेश संयोजक अशोक लम्साल, सचिवालय सदस्य एवंम प्रदेशका सह–संयोजक केश वहादुर परियार, सचिवालय सदस्य एवंम प्रदेश सह–संयोजक डम्बर वहादुर बिक, पार्टीका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य राम नेपाली, एकीकृत दलित मुक्ति मोर्चा, नेपालका केन्द्रिय संयोजक दर्शन कुमार नेपाली, सह–संयोजक टेक वहादुर बिक, केन्द्रिय सदस्य चिनकाजी रसाइली, रोशन विशुंखे लगायतले भेलामा शुभकामना व्यक्त गरेका थिए ।
उक्त भेलामा पार्टीका केन्द्रिय सचिवालय सदस्य रामजी थापा, पार्टीका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरु नारायण अधिकारी, भिम वहादुर श्रीस, विभिन्न जवस मोर्चाका केन्द्र, प्रदेश र जिल्ला तहका नेता कार्यकताहरु लगायत ४ नम्बर प्रदेशको लगभग सबै जिल्लाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । उक्त भेलामा कास्की जिल्लाका पोखरा महानगर पालिका र गाउँपालिकाहरुबाट दलित समुदायका कार्यक्रर्ताहरुको राम्रो उपस्थिति रहेको थियो ।
भेलाले राजकुमार सुनार संयोजक, सिता परियार सह–संयोजक, विजय सुनार सह–संयोजक र सदस्यहरुमा बुद्धि नेपाली, प्रेम बिक, रेशमलाल नेपाली, हिरालाल बिक, सुन्दर बिक, ऋषिराम बिक, टिकाराम बिक, गोविन्द परियार, पे्रम नेपाली, केदार सिं नेपाली, पदम सुनार, रेशम बिक, राजेन्द्र सुनार, सिता बिक, लक्ष्मी नेपाली, मानकाजी मग्राती, दिपेन्द्र सुनार, हिमाल बिक, कुमार परियार रहेका छन् ।





























