ईश्वरी प्रसाद गैरे /११ भाद्र
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे दाङ जिल्ला संगठन समितिले आज दाङको लमही बजारमा भब्य आमसभा गरेको छ । सयौं सङ्ख्यामा रहेका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले नारा जुलुस सहित लमही बजार परिक्रमा गरि बसपार्कमा आएर आमसभा गरेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य हिरामणी दु:खीले नेपाल बैदेशिक चक्रब्युहमा फसिसके हुँदा नेपाल मुक्त गर्न स्वाभिमानी नेपाली एक पटक जुरुक्क उठनुपर्ने र यी दलालहरुलाई लखेटेर देसलाई स्वाधीन बनाउन अहिलेको आबस्यकता रहेको बताउनु भयो ।

सभालाई सम्बाेधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज समीरले गतबर्ष यी दलालहरुले राष्ट्रघाति mcc कार्यान्वयन तर्फ अगाडि बढाएको हुँदा यसलाई तत्काल रोक्नका लागि जनदबाब दिन आँधिबेहरी सृजना गर्न जनताका माझ एक महिने अभियान लगेर गाउँ बस्तीहरुमा पार्टी जाने बताउनु भयो । यस अभियानमा सबै शोषित-पीडित जनताले सहयोग गर्नुपर्ने र संगठनमा गोलबन्ध हुनुपर्ने समिरकाे धारणा थियो । उहाँले ललिता निबास काण्ड, सुन काण्ड, भुटानी शरणार्थी तथा भ्रष्टाचारको जालो भित्र सरकार फसेको र उनीहरुलाई संरक्षण गर्दै आएको कुरा राख्नुभएको थियो ।
सो सभालाई सम्बाेधन गर्दै अर्का केन्द्रीय सदस्य तथा थारु राष्ट्रिय मुक्तिमाेर्चाका केन्द्रीय अध्यक्ष रामजी चौधरीले सम्पुर्ण जनजाति एकताबद्द भएर अगाडि बढन अपिल गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य जिल्ला सचिवालय सदस्य मनोज ले गर्नु भएको कार्यक्रमकाे सभापति पार्टीका दाङ जिल्ला सहसंयाेजक तिलक बि कले गर्नुभएको थियो । उक्त कार्यक्रम सञ्चालन अमर खडकाले गर्नु भएको थियो ।































