ईश्वरीप्रसाद गैरे/दाङ
२५,साउन
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला समितिको योजना अनुसार आज दाङ जिल्लाको लमही नगरपालिकाकाे नगर स्तरिय एकता भेला लमहीमा सम्पन्न भएको छ । भेलाले लमही नगर समिति सदस्य बिभेदको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इञ्चार्ज समिरले बर्तमान राजनीतिक तथा समसामयिक बिषयमा प्रशिक्षण मुलक मन्तब्य दिनुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य हेमन्ता घिमिरे तथा सञ्चालन नबिनले गर्नु भएको थियो ।
हालसम्म तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राप्ती गाउँ पालिका, गडवा गाउँ पालिका र राजपुर गाउँ पालिकामा पार्टीको एकता भेला प्रशिक्षण सम्पन्न भइसकेका छन् । एकता सम्पन्न भएका स्थानीय तहका वडासम्म पनि एकता भेला सम्पन्न भएको कुरा पार्टी स्रोतले जानकारी गराएको छ ।





























