२४ श्रावण पोखरा
प्रदेश नंबर ४ पोखराको राम बजारमा अखिल नेपाल आदिवासी जनजाति महासंघ ४ नंबर प्रदेश समितिको आयोजनामा २९औ विश्व आदिबासी दिवस भव्यताका साथ मनाइयो ।

उक्त कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य एबम् चार नम्बर प्रदेशका सह संयोजक केश बहादुर परियारको प्रमुख आतिथ्यमा अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय कार्य समितिका कोषाध्यक्ष भरत बुर्जा मगरको बिशेष उपस्थितिमा मनाइएको थियो ।

अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय कार्य समितिका सदस्य एबम् प्रदेश चारका संयोजक बम बहादुर छन्त्यालको अध्यक्षतामा अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय कार्य समितिका सदस्य अर्जुन तरामुको उद्घोषणमा उक्त कार्यक्रम गरिएको थियो ।
अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय कार्य समितिका सदस्य भिम श्रीसले स्वागत मन्तव्य दिउका थिए भने अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय समितिको सदस्य तेज कुमारी थापा मगरले शुभकामना मनतव्य दिएकी थिइन ।
उक्त २९औ विश्व आदिबासी दिवसको अवसरमा प्रमुख वक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य एबम् प्रदेश चारको सह संयोजक केश बहादुर परियार र बिशेष अतिथि अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय कार्य समितिका कोषाध्यक्ष भरत बुर्जा मगरले आदिवासी जनजातिको समस्या समाधान गर्न संघर्ष गर्नु पर्ने र संघर्षले ने संयुक्त राष्ट्र संघले सन् १९९४ डिसेम्बर २३का दिन अगष्ट ९लाई विश्व आदिबासी दिवसको रुपमा मनाउन निर्णय गरेको थियो र सन् १९९५ देखि विश्व आदिबासी दिवस भव्यताका साथ मनाउदै आएको कुरा अवगत गराउने काम भयो ।
उक्त कार्यक्रममा चार नम्बर प्रदेशका पार्टी केन्द्रीय समिति , प्रदेश समिती र जिल्ला समिति सदस्यहरुको उपस्थिति थियो ।





























