२५ साउन चितवन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको रत्ननगर नगरपालिकाको एकता सम्मेलन सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य ध्रुवको प्रमुख आतिथ्यतामा सो सम्मेलन सम्पन्न भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओबादी) र नेपाल कम्युनिस्ट पार्टी बहुमत बिचको एकता पछि नगरभित्रका दुबै पार्टिका कार्यकर्ता बिच भएको सो अधिवेशनमा समर्थक र पार्टी कार्यकर्ताको उल्लेख्य उपस्थिती थियो ।

अधिबेशनको उद्घाटन गर्दै प्रमुख अथिती ध्रुबले “ दशबर्षे जनयुध्दले उठाएका सबाल पूरा गर्न क्रान्तिकारी शक्तिहरुको एकता अनिवार्य भएकोले हामीहरु एक ठाउँमा जुटेका हौँ “ भन्ने धरणा राखे । उनले “प्रचण्ड , बिप्लवहरुले क्रान्तिकारी धरातलबाट च्युत भैसकेकोले नया जुझारु पार्टिको आवस्यकताले यो एकता सम्भब भएको “ बताए । उनले भने “ अहिले मुलुकको मुल समस्या भनेको साम्राज्यबादको इशारामा चल्न थालेको दलाल ब्यबस्था हो , क्रान्तिकारी शक्तिले यसलाई पाखा लगाउनु पर्दछ ।“
कार्यक्रममा महाधिवेशन आयोजक समितिका सदस्य तथा चितवन जिल्ला पार्टी संयोजक बिकाशले यो एकता सम्मेलनले पार्टिको भावी कार्यक्रममा बल पुग्ने कुरामा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । उनले भने चितवन क्रान्तिकारिहरुको उर्वर भुमी हो यो एकताले क्रान्तिकारिहरुको सहास र बल प्राप्त गरेको छ , आउदा दिनहरुमा यसले प्रतिकृयाबादी राज्य सत्ता बिरुध्द ज्वार भाटा ओकल्छ ।
अधिवेशनले क दिनेशको नेतृत्वमा चार सदस्य पछि थप्ने गरि ४५ सदस्यीय नगर संगठन समिती निर्माण गरेको छ । नवनिर्वाचित टिमलाई के स रणदिपले बधाइ तथा सफल कार्यकालको शुभकामना दिए । कार्यक्रमको अध्यक्षता तथा सन्चालन दिनेशले गरेका थिए ।






























