साताको कविता
***
यस्तो सोच्दा पनि आश्चर्य लाग्छ
यो त्यही देश हो
जहाँ कुनै बेला
तेलङ्गाना तेभागा आन्दोलन भएको थियो
यो त्यही देश हो
जहाँ कुनै बेला
नक्सलवाडी आन्दोलनको स्वर गुञ्जन
युवाहरूका सपना बन्ने गर्दथ्यो
त्यसको चमक
कवितामा अहिले पनि छ
तर त्यो कुराको के अर्थ
जब कि यो देशको सम्पुर्ण यथार्थ
अहिले मणिपुर छ
केवल मणिपुर !
मणिपुर मणिपुर मणिपुर
चिच्याइरहेको एउटा युवक
राजधानीतिर दौडन्छ
राजधानीमा
युवा कम्युनिष्ट लेखकहरूको सभा भैरहेको थियो
एउटा
विचारक जस्तो देखिने मानिस
माइक समाएर उभिएको थियो
ऊ गोड्सेबाट बोल्न सुरु गर्छ
अनि मुन्जे,सावरकर हुदै
दिनदयाल उपाध्यायसम्म पुग्छ
एकात्मवादको अध्यनमा विशेष जोड दिन्छ
र,यो कुरा भनेर भाषण सिध्याउछ-
प्रयागराजको अम्बक जसरी पनि खानु पर्छ ।
उसको आत्मविश्वास अचम्मको थियो
चिच्याउदै दौडदै आएको युवकसँग
केही प्रश्नहरू थिए
प्रश्नहरू सुनेपछि
विचारक खाले मानिस रिसाउछ
युवकलाई चेतावनी दिदै भन्छ-
ब्रम्हणवादमाथि आक्रमण वन्द गर
यो दलितहरूद्वारा रचिएको शब्द हो
हामी सबै आदिवासी हौं ।
त्यो विचारक जस्तो देखिने मानिस को थियो ?
कस्को तर्फबाट बोल्दै थियो ऊ
उसले किन भन्यो-
हामी सबै आदिवासी हौं
के ऊ
कुकीहरूबाट जङ्गल खोसेर
सत्ताका दलालहरूलाई बुझाउने
बलात्कारी मैतेयीहरूको पक्षबाट बोल्दै थियो ?
कसको पक्षबाट बोल्दै थियो ऊ ?
कस्को मान्छे थियो ऊ
तर ऊ आफूलाई कम्युनिष्ट पो भन्दै थियो त !
गोष्ठिपछि जाँदा जाँदै
हाँस्दै उसले त्यस युवकलाई भन्यो –
सङ्घको सय वर्ष पुरा हुदै छ
तिमीले यो मौकामा केही त गर्नै पर्छ ।
पछि पो थाहा भयो-
सङ्घको सभा सकेर ऊ यहाँ आएको थियो ।
तपाईलाई
आफ्ना साथीहरूको वारेमा थाहा छ
तपाईका साथीहरूमध्ये
कति जना पहिले सङ्घको सभामा जान्छन
अनि तपाई भए ठाउँमा मुस्कुराउदै आउछन
अनि तपाईको दुखिरहेको शरीरमा
औंलाले घोच्न थाल्छन !
तपाईलाई के लाग्छ
यी मानिस तपाईको पक्षमा लड्न आउलान त ?
जब
तपाईका छोरी चेलीका कपडा
खुलेआम फुकालिदै हुने छ
जब तपाईको जङ्गल
दलालको हातमा बेचिदै गरेको हुने छ
आउँदैनन् ,
अहँ ती तपाईलाई बचाउन आउने छैनन
ती मानिस
तपाईको पक्षमा लड्न आउने छैनन ।
यिनीहरु
चालीस पचास जनाको समूहमा
कतै कुनै पौराणिक भूमिमा जम्मा हुने छन
अनि सन्तुलित जीवन बाँच्नुको फाइदाको प्रवचन
जन डिवीको अघोषित
तर घघडान कुनै अनुयायीबाट
सिकिरहेका हुनेछन
त्यसपछि
कसैले ‘मणिपुर’ भन्यो भने
त्योभन्दा पहिलै
सन्तुलनमा जोडले चिच्याउने छन-
‘राजस्थान,छत्तीसगढ,दिली बङ्गाल !’
कुनै बुढो सारसको
एउटा खुट्टामा उभिएर
हुर्कीरहेका माछाको शिकार गर्ने
अश्लिलतम दृश्य हो यो
जुन कुरा
मणिपुरको उन्मादी भीडको सोचभन्दा
धेरै होइन भने कम्ति पनि होइन ।
अठहत्तर दिनभन्दा बढी भैसक्यो
यो बीचमा
कुनै आदिवासी या दलित कविले
बिरोधमा कविताको परचम लहराएको
मलाई अहिलेसम्म थाहा छैन
यस्तो तिनीहरूले गरुन पनि कसरी ?
ती सबै
जन डीवीका बुढा चेलाको
यज्ञशालामा
त्यो बेलासम्म पुगिसकेका हुने छन
जहाँ यज्ञमा होम गर्नको लागि
केही पाशका
केही मुक्तिबोधमा
केही सरोज दत्तका
र केही नवारुण र नागार्जुनका
केही पङ्तीहरू बोकेर ।
त्यसपछि
जुन धुवाँ उठ्ने छ घमासान
तिनीहरू
त्यही धुवाँसँगै
देशको मानचित्र भरि
चिच्याउँदै फैलिन्छन
क्रान्ति क्रान्ति
भ्रान्ति भ्रान्ति
शान्ति शान्ति !
जब कि
आफ्नो ठाउँमा
मणिपुर यसरी नै जलिरहने छ
र त्यो समयसम्म जलिरहने छ,
जबसम्म तिनीहरु
ब्यापारीको हातमा पुरै बिकिसक्ने छैनन
र जहिलेसम्म
ती बिकिसक्ने छैनन्
त्यो बेलासम्म तिनीहरू जपिरहने छन-
क्रान्ति क्रान्ति
भ्रान्ति भ्रान्ति
शान्ति शान्ति !
अनु : मुक्ति पथिक





























