मेरो संस्मरणमा जुम्ला कारवाही

मेरो संस्मरणमा जुम्ला कारवाही

साताको साहित्य : संस्मरण

राष्ट्रिय राजनीतिले फौजी कारवाहीको तीब्र माग गरीरहेको त्यस घडीमा जब म एउटा प्रशिक्षणमा पुगे तब मैले थाहा पाए कि जुम्ला सदरमुकाममा आक्रमण गर्ने थुप्रै आर्कहरु मध्ये एउटा आर्कको कमान गरेर जाने अवसर हाम्रो महान् पार्टीले जुटाएको रहेछ । म अत्यन्त खुसीका साथ त्यसमा सामेल भए । हाई टेक र लो टेक का थुप्रै प्रविधिहरुद्वारा कोचिङ पुरा भयो । तर जतिसुकै कोचिङ गरे पनि प्रत्यक्ष अनुभुती गर्ने मेरो कोचिङ भने बाँकी नै थियो । निकै आतुरताका साथ म ती कामहरु गर्दै रहे, जुन कामहरुले मात्र आफ्नो कमान, फर्मेशन पुरा हुन सक्थ्यो । सबै आफ्ना आफ्ना काममा जुट्यौं । ती सबै काम कुराको पूर्णताले दुश्मनलाई परास्त गर्न सकियोस ।

हामीहरु जब सब काम सकेर मुलसामको फेदीतीर २६ गते (कार्तिक) विहान अधेरै थियो, तीन वजे खाना खाएर लामवद्ध भैसकेका थियौं । यसवेला हिउँ र सीमसीमे पानी पर्न शुरु गरिसकेको थियो । हामीले चालै पाएनौ कि बाहिरी भाग भिजीसके छौं । उज्यालो हुदै थियो, उक्लिदै थियौ हिउँको मात्रा बढ्दै थियो । हामीहरु हिउँ नै हिउँको अनि पहाडै पहाडको देशका मान्छे भएर पनि हिउँको अनुभुती नगरेका त्यहाँ, हामीहरु धेरै थियौं । हामीले नयाँ अनुभुती सँगालिरहेका थियौं । अत्यन्त उत्साहाका साथ हामी त्यो लेक अनि हिउँसँग लडिरह्यौं । जबसम्म त्यसलाई जितेनौं । जब हामीले त्यस लेक, लेक लाग्ने शक्ति अनि हिउँपात, (हुरीवतास) जित्यौं । त्यसवेलासम्म हाम्रा होनहार डि.सि.एम. क. एडनान, क. तारा लगायतका कमरेडहरुको शहादत भैसकेको थियो । हामी धेरै विरामी भैसकेका थियौं । हामीलाई थकान, भोक, निद्राले ग्रस्त पारिसकेको थियो । हामीलाई हाम्रा कमरेडहरुको वियोगान्त विछोडले पीडाका फाल्साहरुले निचोरिरहेको थियो । प्रतिकृयावादी सामन्ती यस सत्ताले हामीलाई लादेका शोषणका विरुद्ध धावा बोल्ने क्रममा भएका यि हाम्रा त्याग वलिदानको वदला लिने कसम सबैले खायौं र अगाडि बढ्यौं । साँझ ५ः३० मा मात्र एउटा बस्तीले हामीलाई स्वागत गरिरहेको थियो त्यसलाई स्विकार गरी आगाको विचमा रातलाई जित्यौं । विहान ६ वजेतिर त्यो हिउँ रोकियो चारैतिर हिउँको सेताम्मे संसार थियो । हामीले उज्यालोसँगै ती हिउँहरुका चम्काइहरुलाई चुम्मौ, चारैतिर हिउँँको सेताम्मे संसार थियो । लगभग २÷३ दिन पछाडि त्यसदिन हामीले राम्ररी खाना खायौ र जनताले माया गरेर ल्याउनु भएका स्याउहरु खादै हामी बाटो लाग्यौं । बाटा बाटामा जनताले आफुखुसी डोका डोकामा ल्याइएका स्याउ वितरणले हामीलाई निकै छोयो । हामी गम्भीर हँुदै हाँसो बाड्दै र अभिवादन गर्दै अगाडि बढ्थ्यौ । साँझ जब एउटा गाउँमा पुग्यौं अत्यन्त घनावस्ती भएको त्यो गाउँ सिँढी सिँढी हुँदै गाउँको अन्त्य हुन्थ्यो । जहाँ जनताले उत्साहपूर्वक मेषको तयारी गरिरहनु भएको थियो । त्यहाँको चेतना जनस्प्रिटले हामीलाई प्रभावित पा¥यो । २८ गते विहान केही हाम्रा छलफल भए हामी अन्तिम तयारीमा जुटिरहेका थियौं ।

अन्तिम तयारी पछि जब हामी तिलानदीको डाँडामा पुग्यौं तब रारालीले हामीहरुलाई चियाइरहेको थियो । त्यहाँ हाम्रो वर्गको अतीत जोडिएको थियो त्यसले आक्रोशीत बनायो । त्यसबेला तिलानदीमा पुगिसकेका थियौं । जुन प्रवाहमा क. पराना धराला लगायत थुप्रै हाम्रो वर्गको रगत मिसिएको थियो, ति सबैले दुश्मन प्रति तीब्र घृणा र आक्रोस केन्द्रित गर्दै थियो । तिलानदीको पाखामा लमतन्न त्यो विच बाटोमा माहासागरको तीब्र वेगको गतीमा अगाडि लम्किरहेको थियो । न त्यसलाई कसैले रोक्न सक्थ्यो न कसैले पछाडि पार्न नै । लाग्थ्यो त्यो यतीबेला ठुलो बम बारुद र गोलीहरु बनिसकेको छ, त्यसले हाम्रो वर्गमाथि लादिएका खुनी क्याम्पहरु माथि धावा बोल्नेछ र यसले इतिहासमा हाम्रो वर्गको विजयको रेखा कोर्ने छ । वीच वीच मा कानजीरुवा हिमालले सेता दाँत देखाउदै लुकामारी गर्दै हाँसेर हामीलाई थप उत्साहीत पारीरहेको थियो आहा त्यो दिन कति स्पष्ट थियो । सफा आकाशमा सुर्य पछि चन्द्रमा र ताराहरुले हामीहरुलाई चुमिरहेका थिए । ति वस्तीहरु, कडारी, लिताकोट, तातोपानी, लार्मा, ओभडाँडा, महत ति चिप्ला चिप्ला डाँडाहरु जंगलहरु हामीलाई स्वागत गर्दै, खोलाको सुसाहटसँगै सारा थकानहरुलाई, विछोडका तिता क्षणहरुलाई बदलाको भावले ओतप्रोत हुन पुग्थ्यो, अनि हाम्रा गतीमा तीब्रता पैदा हुन्थ्यो । यसै गतमिा हाम्रा आर्कहरुमा पुग्न २÷४ पाइला बाँकी नै थियो फायरको आवाज आयो । हामी सतर्क भयौं, सधैभरी दुश्मनले नियमित गर्ने फायरहरु होलान जसले यहाँका वस्तीहरुलाई दमित राख्न सकियोस र आफ्नो शोषणको राज्य बचाउन सकियोस, आखीर ती फायरहरु त्यहि नै थिए । ११ बजेबाट शुरु भएको भिषण युद्ध विहान ६ बजेसम्म चलिरह्यो । लाग्थ्यो स्पार्टाकसले शुरु गरेका भिषण वर्गयुद्ध पेरिस, रुस, चिन, पेरु, दुनै, दाङ सोलु, स्याङ्जा, अछाम हुदै जुम्लामा भिषण वर्गयुद्धको राँको दन्किरहेको छ । यतिवेला हाम्रा सहिदहरु घंगारु, भाला, वर्छी, छुरी हुदै एल.एम.जि., जि.पि.एम.जि, एट्टी वन, एस.एल.आर., टु इन्च मोर्टारका पर्राहरु भएर रणक्षेत्रका सबै रुपद्वारा दुश्मनलाई आक्रमण गरिरहेका छन् ।

त्यहाँ क्षेत्रीयता, जातीयता, लिङ्गीयता वर्गियताका आधारमा बनाइएका उत्पीडन, उचनिचका विरुद्ध अझ लिङ्गको आधारमा सन्तान जन्माउने मेसीन, चुलो कोठाकी कैदी, दोश्रो दर्जाकी अवला, निरीह, वुद्धीहीन बनाइएका महिलाहरुले आफ्नो आर्कहरुमा कुनै पुरुषहरु भन्दा कम भएर लडिरहेका थिएनन् । सारा सारा उत्पीडनका विरुद्ध वीरता पहिचान दिदै वलिदानको उच्चता कायम गरिसक्नु भएको थियो । क. विशाल, क. कर्णाली, क. मिरा लगायत अन्य वीरहरुको रगत वगिसकेको थियो । घाइते कमरेडहरुको साहसीक कदम प्रेरणाले पार्टीअझ माथि उठिरहेको थियो । यतिवेला हाम्रो युद्ध रणमैदानमा थप रगत, थप त्याग वलिदानका उत्कृष्टताहरु कायम भैसकेका थिए । ती यतिवेला वर्गयुद्ध सशक्त तागत बनिसकेको थियो । ठुलो आगोकै मुस्लो बने । दनदनी दन्कीरहेको थियो । यो आगो भविष्यलाई हाक्ने एउटा अध्याय वनिसकेको घुम्ती मोडमा परीक्षत हुदै, वर्गयुद्धको इतिहासमा सुनौलो अक्षरले लेखिसकेको थियो । अञ्चल सदरमुकामको कारागार, डि.एस.पि. कार्यालय, एयरपोर्ट, ए.एस.एस.पी. कार्यालय ब्यारेक ध्वस्त भए आर्कहरु विजयमा परीण भएर राजनीतिकरुपले आकाश चुमिसकेको थियो । हरेक समाधानले समस्या र समस्याले समाधानको जन्म दिदैं समय परिस्थितिले कोल्टे फेरिरहेको थियो । विहानको स्वर्णीम सुर्यका किरणहरुले तिला नदीको प्रवाहमा लुकामारी गर्दै दुश्मनका प्रयासहरु विफल पार्दै अगाडि बढिरह्यौं । जब हामी वागफालको लेकबाट कान्जिरोवाको हिमलेकहरु, मुगु, हुम्ला, डोल्पा, रुकुमका हिमलेकहरुको एक विसाल उपत्यका बनेर हाम्रो अगाडि लमतन्न थियो । जहाँबाट चिन र तिब्बतले हामीलाई र हामीले पनि चियाइरहेका थियौं । हामी सम्पर्कमा पुग्यौं । यसबेला हाम्रा शिरहरु महान् सहिदहरु प्रति नयाँ योजनाको साथमा प्रतिबद्धता सहित झुकिरहेका थिए । वर्गयुद्ध हाँक्न मुक्तिको लागि नयाँ योजनामा जुटिरहेका थियौं, हो हामी निरन्तर जुटिरहेका थियौं ।