५ नम्बर प्रदेश पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

५ नम्बर प्रदेश पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

दाङ/६, साउन
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, ५ नम्बर सङ्गठन समितिका सदस्य तथा कपिलवस्तुका सहसंयाेजक, बिरबहादुर विकका बुबा साे पार्टीका सदस्य भीमराज सुनारको हिजाे साउन ५ गते ७८ वर्षकाे उमेरमा भएको असामयिक निधनप्रति पार्टीका प्रदेश संयाेजक अटलले एक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

वक्तव्यमा उनले भीमराजकाे निधनबाट अाफ्नाे पार्टीले एकजना निष्ठावान, कर्मठ तथा कुशल अविभावक गुमाएको बताएका छन् । साथै उनी जनयुद्धका महान् सहिद गाेविन्द विकका बुबा समेत भएको वक्तव्यमा जनाइएको छ ।

शाेककाे यस घडिमा अाफ्नाे पार्टी स्तब्ध भएको जनाउँदै परिवारजन तथा पार्टी नेता बिरबहादुर र सम्वद्ध परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।