कपिलबस्तु – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कपिलबस्तुको एकता अधिबेशन,प्रशिक्षण तथा बैठक मंगलवार सम्पन्न भएको छ । अधिबेशनले कमलको संयोजकत्व र संर्घष सहसंयोजक रहेको ३७ सदस्सीय जिल्ला संगठन समिति गठन गरेको छ ।
साथै, जिल्ला संगठन समितिको ९ सदस्सीय सचिवालय गठन गरिएको छ ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक समिरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य तिलक, महाधिबेशन आयोजक समिति सदस्य शेरमान, केन्द्रीय सल्लाहकार जिवराज, बिद्यार्थी नेता नवीनलगायतको आतिथ्यता थियो । कार्यक्रममा संयोजक कमलको अध्यक्षता,सहसंयोजक संर्घषको संचालन प्रतिबेदनवाचन आशिष र स्वागत प्रधानले गर्नुभएको थियो ।