क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपुरको जिल्ला एकता अधिवेशन सम्पन्न, नवलपरासीको ३० गते हुने,

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपुरको जिल्ला एकता अधिवेशन सम्पन्न, नवलपरासीको ३० गते हुने,

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नं. प्रदेश अन्तर्गत नवलपुर जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण सोमबार कावासोतीमा सम्पन्न भएको छ । नवलपुर जिल्लाको कावासोती लुम्बिनी आदर्श डिग्री कलेजमा सम्पन्न एकता अधिवेशन, प्रशिक्षण तथा बैठकले संयोजक आकाशको संयोजकत्वमा २ जना पछि थप्नेगरि ६५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ ।
कार्यक्रममा सचिवालय सदस्य तथा ४ नं. प्रदेश इन्चार्ज आजादको प्रमुख आतिथ्यता, सचिवालय सदस्य तथा ४ नं. प्रदेश संयोजक अनुकुल, सचिवालय सदस्य तथा ४ नं. प्रदेश फ्याक्सन इन्चार्ज मामा, सचिवालय सदस्य तथा युवा जनस्वयम्सेवक ४ नं. प्रदेश इन्चार्ज अनन्त र नवलपुर जिल्ला इन्चार्ज वन्दना अतिथि रहनुभएको थियो । नवलपुर जिल्ला संयोजक आकाशको अध्यक्षता र सह–संयोजक विशालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा टिकाराम काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले जिल्ला संगठन समितिको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक तीब्र पारेको छ । प्रदेशमा नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच एकता सम्पन्न भएपछि जिल्ला जिल्लामा एकता अधिबेशन, प्रशिक्षण तथा बैठक तीब्र बनाइएको केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले जानकारी दिनुभयो ।
तत्कालीन क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) बीचको एकतालाई जिल्लास्तरमा एकता अधिवशेन मार्फत् पूर्णता दिइने क्रम तीब्र भएको हो ।
एकता अधिबेशन , प्रशिक्षण तथा बैठक जिल्ला भरिबाट साबिकका दुई पार्टीका जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा हुदै आएको छ ।
त्यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी पश्चिमले एकता अधिबेशन, प्रशिक्षण तथा बैठकको पूर्व तयारी गरिरहेको जनाएको छ । जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीका अनुसार पश्चिम नवलपरासीको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक असार ३० गतेलाई तय गरिएको छ । हालै सम्पन्न प्रदेश पाँचको एकता अधिबेशनमा जिल्लाबाट एक प्रदेश सल्लाहकार र ११ जना प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए । प्रदेश समितिको निर्णय कार्यान्वयनका लागि प्रदेश सदस्यहरु तम्तयार भएर लागि परेको सो पार्टीले जनाएको छ । एकता अधिबेशन पूर्व तयारीका लागि प्रदेश सदस्यहरुको बीचबाट जनभेटघाट र ब्यवस्थापन टोली समेत बनाइएको छ ।
त्यस्तै पाल्पा जिल्लाको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक यही असार २८ गते हुने जिल्ला संयोजक मुक्ति गैरेले जनाउनुभएको छ ।