क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रवास प्रदेश संगठन समितिको एकिकरण सम्पन्न 

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रवास प्रदेश संगठन समितिको एकिकरण सम्पन्न 

 

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बिचमा पार्टी एकता भएर निर्माण भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रवास प्रदेश संगठन समिति (क) को एकिकरण गर्ने कार्य सम्पन्न भएकोछ।

यही २०७९ साल अषाढ २३ गतेका दिन तदनुसार सन २०२३ जुलाई ८ तारिखमा भारतको सोनिपतमा आयोजना गरिएको संयुक्त अधिवेशनमा एकीकरण कार्यक्रम सम्पन्न भएको हो। उक्त संयुक्त अधिवेशनको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य क. प्रतिकले गर्नुभएको थियो भने सन्चालन महाधिवेशन आयोजक समितिका सदस्य क. अकालीले गर्नुभएको थियो। सो अधिवेशनको प्रमुख अतिथिका रुपमा केन्द्रीय कार्यालय सदस्य तथा पार्टी प्रवक्ता क. कन्चन र अतिथिहरुमा क्रमशः केन्द्रीय कार्यालय सदस्य तथा प्रवास प्रदेश संगठन समिति (क) का ईन्चार्ज क. प्रितम र केन्द्रीय कार्यालय सदस्य क. प्रभाकिरण उपस्थित रहनुभएको थियो। वहांहरुले संयुक्त अधिवेशनको सफलताकालागि शुभकामना व्यक्त गर्दै पार्टीको नीति तथा कार्यक्रम लगायतका विषयहरुका बारेमा विचार व्यक्त गर्नुभएको थियो। संयुक्त अधिवेशनले ४७ सदस्यीय संगठन समिति निर्माण गरेकोछ भने समितिको संयोजक एवम् सह-संयोजकमा क. प्रतिक र क. अकालीलाई चयन गरेकोछ। संयुक्त अधिवेशन सम्पन्न भएपछि बसेको संगठन समितिको प्रथम बैठकले जिम्मेवारी विभाजन गर्ने र मातहतका तल्ला समितिहरुको एकीकरण सम्पन्न गर्ने लगायतका सांगठनिक कार्यक्रमहरु तय गरेकोछ।

नेपाली एकता समाज, भारत र प्रवासी नेपाली एकता मन्च, भारतको बिचमा सांगठनिक एकिकरण सम्पन्न भएकोछ। यही २०७९ साल अषाढ २४ गतेका दिन तदनुसार सन २०२३ जुलाई ९ तारिखमा भारतको सोनिपत नगरमा आयोजना गरिएको दुबै संगठनहरुको संयुक्त अधिवेशन गरि एकीकरण कार्यक्रम सम्पन्न भएको हो। उक्त संयुक्त अधिवेशनको अध्यक्षता नेपाली एकता समाज, भारतका अध्यक्ष आनन्द बहादुर थापा  गर्नुभएको थियो भने सन्चालन प्रवासी नेपाली एकता मन्च, भारतको गर्नुभएको थियो। सो अधिवेशनका प्रमुख अतिथिका रुपमा केन्द्रीय कार्यालय सदस्य तथा पार्टी प्रवक्ता क. कन्चन र अतिथिहरुमा क्रमशः केन्द्रीय कार्यालय सदस्य तथा प्रवास प्रदेश संगठन समिति (क) का ईन्चार्ज क. प्रितम र अखिल नेपाल जनजाति महासंघका केन्द् अध्यक्ष पवनमान श्रेष्ठ उपस्थित रहनुभएको थियो। वहांहरुले संयुक्त अधिवेशनको सफलताकालागि शुभकामना व्यक्त गर्दै पार्टीको नीति तथा कार्यक्रम लगायतका विषयहरुका बारेमा विचार व्यक्त गर्नुभएको थियो। संयुक्त अधिवेशनले ९१ सदस्यीय राष्ट्रीय सम्मेलन आयोजक समिति निर्माण गरेकोछ भने समितिको संयोजक एवम् सह-संयोजकमा आनन्द बहादुर थापा र गोविन्द पाण्डे चयन गरेकोछ। संयुक्त अधिवेशन सम्पन्न भएपछि बसेको संगठन समितिको प्रथम बैठकले जिम्मेवारी विभाजन गर्ने र मातहतका प्रदेश तथा नगर समितिहरुको एकीकरण सम्पन्न गर्ने लगायतका सांगठनिक कार्यक्रमहरु तय गरेकोछ।