लघु बित्तको शोषण बिरुद्ध आन्दोलन छेड्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी

लघु बित्तको शोषण बिरुद्ध आन्दोलन छेड्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी

मोरङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मोरङ जिल्ला संगठन समितिले लघुवित्तीय संस्थाहरुको चर्को शोषण र ज्यादती विरुद्ध आन्दोलन शुरु गरेको छ । मोरङ जिल्ला संगठन समितिले लघुवित्तीय संस्थाहरुको ज्यादती, लुटपाट, आतंक र चर्को शोषणका विरुद्ध आन्दोलन चलाएको हो ।


क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकाको मुख्य बजार जीवन स्थित विकास लघुवित्तीय संस्थालेको कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दी गर्ने क्रममा झडपसमेत भएको पार्टीका एक नेताले बताएका छन । साथै, पार्टीका नेताले जनभावना अनुसार वित्तीय संस्था तथा मिटरब्याजी विरुद्ध आन्दोलनको निरन्तरता दिने पनि बताए ।