उदयपुरः क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको उदयपुर जिल्लाको पार्टी एकता अधिवेशन, प्रशिक्षण तथा बैठक शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले गौरबहादुरको संयोजकत्वमा ३७ सदस्यीय उदयपुर जिल्ला संगठन समिति चयन गरेको छ ।
उदयपुर जिल्लाको गाईघाटमा आइतबार सम्पन्न भएको अधिवेशनका प्रमुख अथिति पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज निर्मलले अधिवेशनको उद्घाटन गर्दै प्रशिक्षण मूलक मन्तब्यसहित कार्यक्रममा सहभागीहरुको तर्फबाट उठेका प्रश्नहरुको जवाफसहित पार्टीको नीति तथा आगामी कार्यक्रमहरुको विषयमा प्रस्ट पार्नुभयो ।
कार्यक्रमका अथिति पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक सङ्कुलले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्प पुनरुत्थानवादी तथा पश्चगामीहरु नभएर क्रान्तिकारी शक्ति रहेको दर्शाउँदै सम्पूर्ण उत्पीडित तथा श्रमजीविहरुलाई दृढताकासाथ क्रान्तिकारी कित्तामा उभिन आव्हान गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संगठन समितिका सह–संयोजक नरेश, पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं उदयपुर जिल्ला इन्चार्ज पत्थर, एकता महाधिवेशन आयोजक समिति सदस्य सन्तोष र उषाले पनि प्रशिक्षणात्क मन्तव्य राख्नु भएको थियो । शंकरको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रमको संचालन सितलले गर्नुभएको थियो ।






























