२५असार कागेश्वरि काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कागेश्वरि मनहरा नगर समितिको ईलाका कमिटिको एकता भेला नगर संयोजक दिपको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टी सचिबालय सदस्य उदयको प्रमुख आतिथ्यता थियो भने अन्य अतिथिहरुमा काठमाडौं जिल्ला संगठन समितिको संयोजक .प्रकाश,सह संयोजक युगन्त,हेमन्त र चन्द्र थिए ।
प्रमुख अतिथि उदयले दीप प्रज्वल गरेर कार्यक्रमको उदघाटन गरेका थिए ।
उक्त ईलाका कमिटिको भेलादारा २९ सदस्यीय कागेश्वरि मनहरा नगर समितिको ईलाका कमिटी निर्माण भएको छ । करिब तिन दर्जनभन्दा बढी पार्टी सदस्यहरुको उपस्थितिमा भएको उक्त भेलाले अबका दिनमा पार्टी कार्यदिशालाई अक्षर: पालना गरि लागु गर्ने निर्णय गरेको छ ।





























