साताको साहित्य : गीत
एस्पाली नि हाम्रै खेतमा बाढी पस्यो नि
संसार निल्ने सलहले दाह्रा धस्यो नि
भर्सेलीमा लोभी ढाडे पाल्छौँ जैले सम्म
घरभित्र कालो सर्प पाल्छौँ जैले सम्म
इज्जत र ज्यानको ठेगान के नै रहन्छ र
खोला छेउको रुखको हजुर के हुन्छ र भर
एस्पाली नि …. …. ….
आफ्नो धर्ती बँझ्याएर बिदेश जानेलाई
आमा बाबा जहान बच्चा छोडि जानेलाई
फर्की आउँदा टेक्ने माटो हराउने पो होकी
देशको सान स्वाभिमान बिलाईजाने होकी
एस्पली नि …. …. ….
लालाबाला टोलाएर हेर्छन् तिम्रै बाटो
कति सक्छन् बा आमाले थेग्न तिम्रो माटो
यो देशलाई खाँचो तिम्रै पाखुराको भर
नौलो सोँच बोकी अब फर्किआउ घर
एस्पाली नि…. …. ….
चितवन





























