यतिबेला नेता कार्यकर्ताहरुमा रहेको आलोचनात्मक चेतको अभावको कारण नेपाली कम्युनिस्ट आन्दोलनले गम्भीर संकटको सामना गरिरहेको छ। यो प्रवृत्तिको कारण नेतृत्व मालिक र कार्यकर्ता दास जस्ता देखिने गर्दछन। आलोचनात्मक चेतको अभावको कारण नेताहरुले कार्यकर्ताहरुलाई दास जस्तो ठान्ने तथा कार्यकर्ताहरुले नेताहरुलाई मालिक बनाइदिने जस्तो गैर मालेमावादी चिन्तन प्रवृत्तिको विकास भएको पाइन्छ। यसप्रकारको चिन्तनजनित समस्याको कारण पार्टी भित्र बैचारिक तथा राजनीतिक प्रकृतिका दुइलाइन संघर्ष निषेधधात्मक रुपमा समाप्त भएर गएका छन। दुइलाईन संघर्ष माथिको निषेधित चिन्तनको कारण नेतृत्व विकासमा अत्यावश्यक बैचारिक राजनीतिक तथा संगठनात्मक सिर्जनशीलताको रक्षा, प्रयोग र विकासमा गम्भीर व्यावधान पैदा हुँदै आइरहेको छ।
नेताहरुले आफुमाथिको आलोचनालाई पचाउन नसक्ने तथा कार्यकर्ताहरुले नेतृत्वको आलोचना गर्नु अपराध हो भन्ने मान्यतालाई स्थापित गर्न भुमिका खेल्ने जनवादी केन्द्रीयताको संगठनात्मक पद्धति विरोधी प्रवृत्तिको कारण संगठन र आन्दोलन दुबैमा नकारात्मक असर परिरहेको छ। यो प्रवृत्तिले संगठन भित्र आलोचना आत्मआलोचनाको विधिलाई अस्वीकार गर्दछ। नेताहरूले कार्यकर्ताको आलोचना सुन्न नसकेपछि कमजोरी माथि आत्मआलोचना हुने कुरै भएन। कार्यकर्ताको आलोचना सुन्ने र सामना गर्ने कुरालाई अस्वीकार गर्ने नेताहरुले उत्पादन गरेका कार्यकर्ताहरुले पनि समर्थक र जनसमुदायको आलोचना सुन्न र त्यसको सामना गर्न पर्छ भन्ने जिम्मेवारबोध गर्नु परेन। यो चिन्तनले आलोचना र आलोचक भन्दामाथि व्यक्तिको भुमिकालाई राख्ने कोशिष गर्दछ। जस्को कारण नेता कार्यकर्ता र कार्यकर्ता समर्थकहरुवाट अगल हुन पुग्दछन। यो संगठनात्मक स्थितिले मन मिल्नेहरुविचको सजातीय एकताको परिस्थिति निर्माण गर्दछ। सजातीय एकताको प्रश्नमा विपरीतहरुको एकताको प्रश्न निषेधित हुन पुग्दछ र त्यहाँ द्वन्द्ववादको गलत प्रयोग हुन्छ ।
संगठनमा द्वन्द्ववादको गलत प्रयोग भएपछि ढिलोचाँडो संगठनको मृत्युु हुन्छ। आलोचनात्मक चेतको अभावमा विपरीतहरुको एकत्व असंभव हुन्छ। आलोचनाको अभावमा आत्मआलोचनाको प्रश्नकै अन्त्य हुने भएको कारण त्यस स्थितिमा वाद विवाद संवाद, छलफल बहस निष्कर्ष तथा एकता संघर्ष रुपान्तरण सम्वन्धि ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको प्रयोग हुदैन। हामीले भन्दै आएको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद भनेको आजको युगको मार्क्सवाद अर्थात मार्क्सवाद( लेनिनवाद(माओवाद हो र यो प्रयोगको विज्ञान हो। यसको प्रयोग पनि विपरीत हरुको एकता र संघर्षको प्रक्रिया अन्तर्गत नै हुने गर्छ। संगठनमा यसको प्रयोग आलोचना र आत्मआलोचनाको माध्यमवाट नै हुने गर्दछ। अर्थात सारतस् आलोचना र आत्मआलोचना भनेको फेरि पनि एकता संघर्ष र रुपान्तरण नै हो।
अब प्रश्न उठ्छ आलोचना पचाउन नसक्ने नेता र आलोचना गर्ने हैसियत नभएको कार्यकर्ता भयो भने रुपान्तरण हुने कहाँ हो रु यो प्रश्नको उत्तर दिन असमर्थ रहनु आजको कम्युनिस्ट आन्दोलनको नेतृत्वको असक्षमता हो। आलोचनात्मक चेतको अभावमा विकास भएको नेतृत्व र उत्पादन भएका कार्यकर्तामा अध्यायनशीलता, लगनशीलता, सिर्जनशीलता तथा जवाफदेहिता केही पनि हुदैन, जसको कारण उसवाट रुपान्तरणको आशा पनि गर्न सकिदैन । आलोचनात्मक चेतनाले संगठनमा प्रतिस्पर्धाको स्थिति तयार पार्दछ र त्यसले दुई लाइन संघर्षको बिजारोपण गर्दछ। दुई लाइन संघर्ष कम्युनिस्ट आन्दोलन र संगठनको जीवन पद्धति हो,जस्को अभावमा कम्युनिस्ट पार्टी संगठन र आन्दोलन जीवित रहन सक्दैन । दुई लाइन संघर्षको अभावमा बन्ने संगठन भित्रको कथित सहजातीय एकताले पार्टीभित्र अस्वभाविक रुपमा गुटजन्य संगठनात्मक संरचनाको जन्म दिन्छ । यो चिन्तन र प्रबृत्तिले आलोचनालाई अस्वीकार गर्नुका साथै देवत्वकरणलाई स्थापित गर्दछ। यो प्रवृत्तिले ठूलालाई मालिक र सानालाई दास करार गरिदिन्छ । यसले नेताको दास कार्यकर्ता कार्यकर्ताको दास समर्थक सुभचिन्तक तथा समर्थकको दास जनसमुदायलाई करार गर्दछ भने जनसमुदायको मालिक समर्थक, समर्थकको मालिक कार्यकर्ता, कार्यकर्ताको मालिक नेता बन्ने परिस्थिति खडा गर्दछ।
कम्युनिस्ट आन्दोलन भित्र तिब्र गतिमा हुर्कदै गरेको यो प्रबृत्ति ूदासानु दास हनुमान दासू को सैद्धान्तिक मान्यतामा टेकेर उभिएको हुन्छ । यो प्रवृत्तिले कम्युनिस्ट आन्दोलनभित्र इमानदार सिद्धान्तनिष्ट तथा गुटबन्दीभन्दा माथि उठ्न सक्षम अनुशासित कार्यकर्ताको मानमर्दन गरिरहेको छ भने एसमेन९ लठैत० हरुलाई संगठनको विधि पद्धति र प्रक्रियाको मनोगत व्याख्याको आधारमा पदोन्नती गर्दै हैसियत विनाको जिम्मेवारीको महत्वकाँक्षा सिद्ध गरिरहेको छ। यसप्रकारको स्थितिमा संगठनमा आन्दोलनमा इमानदार निष्ठावान र अनुशासित तथा कर्तव्यनिष्ठ भइरहनु भन्दा नेतृत्वको चाकर र गुलाम हुदा कार्यकर्तालाई फाइदा हुन्छ भन्ने गलत भाष्य पैदा गरिदै गएको छ। यो स्थितिले संगठनमा वीरपुजक प्रवृत्तिको विकास गर्छ र संगठनलाई कार्यकर्ता समर्थक र विशाल जनसमुदायको पंक्तिवाट अलग्याउन पुग्दछ र अन्तत ती पार्टी तथा संगठन विलय तथा विघटन हुन पुग्दछन।
यसप्रकारको सतहमा देखिएको विग्रहपूर्ण स्थितिवाट हामीले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा, प्रयोग र विकास कसरी गर्न सक्छौं रु यो आजको निकै महत्त्वपूर्ण प्रश्न हो। सत्य फेरिपनि यो हो कि कम्युनिस्ट आन्दोलनभित्र पैदा भएका यसप्रकारका समस्याको स्थिति पैदा हुनुको प्रधान कारण त्यहाँभित्र प्रशस्त वाद विवाद र संवाद हुन नसक्नु नै हो। हरेक कुराको निष्कर्ष छलफल र बहसको प्रक्रियामा मात्र संभव हुन्छ भन्ने कुराको उचित स्कुलिङ हुन नसक्नु हो। अर्थात छलफलमा स्वतन्त्रता र कार्यरुपमा एकरुपता नै एकता संघर्ष रुपान्तरणको आधारभूत प्रश्न भएको विषयको बोध हुन नसक्नु हो। विचार सिद्धान्त र दर्शनको अभावमा संगठन असंभव हुन्छ । संगठनमा द्वन्द्ववादको सबै नीयम तथा प्रवर्गहरुको प्रयोग हुन्छ। आलोचना आत्मआलोचनावाट कमजोरीहरुलाई सच्याउन सकिन्छ भन्ने द्वन्द्ववादको सांगठनिक मान्यता हो। एकता संघर्ष र रुपान्तरण पनि यहि प्रक्रिया अन्तर्गत अगाडि बढ्ने गर्दछ। यसका लागि पार्टी तथा संगठनमा दर्शन,सिद्धान्त, विचार, राजनीति, संगठन, संगठनात्मक विधि पद्धति लगायतका समग्र क्षेत्रमा भीषण दुइलाईन संघर्षको परिस्थितिको विकास गर्न जरुरी छ।
समस्याको पहिचान गर्नु र ती समस्यासंग जुध्न सिपालु र कुशल हुनु अहिलेको आवश्यकता हो। मार्क्सवाद(लेनिनवाद( माओवादले सच्चा मालेमावादी तथा कम्युनिस्ट क्रान्तिकारीहरु समस्यावाट दिगभ्रमित हुने वा भाग्ने छुट दिदैन बरु त्यसको बैचारिक दार्शनिक तथा राजनीतिक प्रतिवाद गरेर अगाडि बढ्न हमेशा मार्गदर्शन गरिरहेको हुन्छ। उपयुक्त प्रकारको अवस्थामा हामीले संगठनात्मक क्षेत्रमा देखा परेका अनुभववाद, अतिभुतवाद, मनोगतवाद,संकीर्णतावाद लगायतका समग्र सांगठनिक अराजकतावादको विरुद्धमा भीषण दुइलाइन संघर्षको आधार तयनर गर्न सक्नु पर्छ। संगठन भनेको विचार र विधिको एकरुप अभ्यास हो र संगठन संघर्षको आधारस्तम्भ भएको कारण यसले मानव समाजमा मालेमावादी विचारलाई लागू गर्न सक्षम र योग्य बनाउन जरुरी छ भन्ने कुराको राजनीतिलाई हामीले मानव समाजमा लागु गर्न जरुरी छ। मान्छेद्वारा मान्छेमाथि हुने सबैखाले शोषण दमन अन्याय अत्याचार र विभेदको अन्त्य गर्न स्थापना गर्ने समतामूलक साम्यवादी समाजको लागि गठन भएको कम्युनिस्ट पार्टी भित्र साम्यवादका उपयुक्त मुल्यहरु लागू गराउन गरिने संघर्षको प्रक्रियामा आउने हरेक अवरोधहरुसंग मुकाविला गर्दै अगाडि वढ्नु अहिलेको हाम्रो आवश्यकता हो। उक्त आवश्यकता पूरा गर्न विश्लेषणात्मक दार्शनिक, राजनीतिक, सांगठनिक, सामाजिक, सांस्कृतिक तथा प्रविधिक ज्ञानको विषयमा थप अध्यायन अनुसन्धान सहित त्यसको वस्तुगत राजनीतिक संश्लेषण गर्न जरुरी छ। यो सबै सच्चा मालेमावदी तथा कम्युनिस्ट क्रान्तिकारीहरुको आजको सबैभन्दा महत्त्वपूर्ण कार्यभार हो।