साताको कविता
कमरेड फेरि अमरेड भयो
गति,मतिविरोधी खति भयो
ममरेडलाई हिन्दु्स्थान मन पर्यो…!
मोदी खानादाना,नाना मन पर्यो …!
एकसय आठ किलो रुद्राक्ष !
माला,मूर्ति जे जे लाए ओढाए…
त्यही थियो घेरा हुर्मत …!
मार्क्सलाई निमिषभरमै स्वाहा पार्यो उसले
बर्को र गेरुले स्वाहा पारिदियो
त्यही थियो बुङ्गो खेती …!
हो, बुङ्गाहरूलाई बुङ्गिनु मन पर्छ ।
बरू पदार्थ पहिलो वा चेतना थप फेरि
बरू मष्तिष्क पहिलो कि स्वर्ग भन फेरि
बरू भन
बुद्धशान्ति समन्वय निल्दै गरेका देख्यौ देखेनौ ?
गीता अध्यात्म प्रश्रय भेट्यौ भेटेनौ ?
कपिलकै साँख्य दर्शन गन्ध ?
त्यस्तै थियो र कर्णादका परमाणुवाद ?
देख्यौ विज्ञानविरोधी उपनिषद् तागत ?
देख्यौ विस्तारवाद रणनीति अस्त्र ?
पुराण उसका महान अस्त्र …लतारेछ …!
पृथ्वी,जल,तेज,वायुका योग संसार देख्ने
बृहस्पति त्यसै थला परेनन् कमरेड !
कपिल त्यसै मरेनन् कमरेड …!
चारुबाग भूमि त्यही थियो होइन ?
देख्यौ बुद्ध उसका पार्ने खेती ?
देख्यौ द्वैत आदर्श र भौतिक खेती ?
देख्यौ एसिया साम्राज्य ?
देख्यौ बुद्ध,जैन,लोकायत मृत्यु ?
पूजा मन पर्यो र गरें भन्नु
धर्म अफिम होइन भन्नू अब ।
डामरेडलाई अब चाहिन्न मार्क्सफेष्टो !
बुझ्यौ नि उसका ब्रह्म सत् साम्राज्य …?
बरू मार्क्स,हुम,फिख्ते किन मार्यौ भन
माध्व,निम्वार्कसम्म किन बिर्स्यौ भन
ईश्वर विधाता घर उही !
अबका आश्रयदाता उही !
प्लेटो,सेलिङ,हेगेल पनि मार्यौ
र आत्महत्यै किन गरेको अहिले तिमी ?
दलबले नाइकेहरू प्रसाद मै टुलुटुलु !
केवल श्रद्धावादी चेतना !
खोइ ती वेदभित्रकै सीमित भौतिकवादी ?
खोइ तिनका व्यवहारिक जीवन दर्शन …?
सल्लाहकार लुटुपुटु टुलुटुलु !
अहो ईश्वर विधाता …!
अहो सर्वहारा मुक्ति …!
हिन्द साम्राज्य खेती …!
बस्त्र गेरू टीका भएर छिर्छ
मन्दिर भएर छिरेको छिर्यै छ
भाग्य दुर्भाग्य,स्वर्ग नर्क …!
के तिनै होइनन् प्लेटो,कन्फ्युसियस हत्यारा …?
के तिनै होइनन् गीता,ओशो,…फ्रेङ्कफुट पन्थ ?
पुरेत शास्त्र मन्त्र भएर छिर्छ
कब्जा जमाउँछ छिमेक
घेरा फँसाउँछ निमिषमै !
बुङ्गै पारिदिन्छ निमिष मै ।
उठाइस,मच्चाइस् र खेलाइस् मममोदी !
खरानी,गेरु,माटो सबै पोत्नु पोताइस्
घँस्याएरै जोत्नु जोताइस्
फेरि पनि मार्क्स,ऐंगेल्स झुण्डाइस्
बुङ्गै पो पारिदिइस् मममोदी भाइ !
थोमस मन्जेर,थोमस मोर,सेन्ट साइमन ,रोवर्ट ओवेन,चार्ल्स फुरिए, हेगेल, फ्रायड, फायरवाख झुण्डाइस् तैंले फेरि
अमरेड पारिस् फेरि ,
अमरेडलाई नयाँ गेरु वस्त्र मन पर्छ
हन्दुस्थानी खरानी रुद्राक्ष मनपर्छ ।