म तिम्रै बाटोमा आउँछु

म तिम्रै बाटोमा आउँछु

साताको साहित्य : कविता 

म तिम्रै बाटाेमा आउँछु
जनमुक्ति युद्धका माहान् याेद्दा
श्रध्देय सहिद!
हाम्रो सपनाका प्रमिथस
अादरणिय कवि
अास्था र विचारको अविचलित सगरमाथा 

संयाेगवस म पनि,
तिमीले टेकेकाे पाटाेमा
तिमी हिडेकाे बाटोमा ,
तिमीले नै खनेको गाेरेटाेमा
यात्रारत छु,
अविच्चिन्न, अविचलित 

मलाई थाहा छ,
याे यात्रा कठिन छ,
तर
असाध्य हाेइन
गाउँ बस्ती ब्युझाउन
कसैन कसैले
डाँकाे लाउनै पर्ने हुन्छ 
चुनाैतीकाे पहाडलाई
धुलिसात पार्नै पर्ने हुन्छ
त्यसैले त पृय मान्छे,
म,
तिमीले हिडेका बाटाेमै यात्रारत छु
तिमी ,
उजाड नाङ्गा पहाडलाई,
हरियाली पार्ने याेजनामा थियौ
सुख्खा वारि र टारलाई
सिंचित पार्ने याेजनामा थियौ,
अाफ्नै पाखुराले
अाफ्नाे धरती सिगार्न पर्छ भन्थ्याै,
मातृभूमिलाई स्वतन्त्र ,समावेशी र समृद्ध पार्ने चित्र काेर्दैगर्दा…..
अाेह ! हाम्रा श्रद्धेय सहिद
राष्ट्र, राष्ट्रियता र जनजीविका
स्वतन्त्रता र सार्वभौमिकताका कुराले
अग्रगमन र न्याय खाेज्दा,
अात्तिएका अातताई नरभक्षी हरूले
निहत्था तिमीलाई
नृशंस हत्या गरे

कायर हरू
तिम्रो रगतकाे अाहालमा पाैड्दै
स्याल दर्वार पसे
जनतंन्त्रका बिराेधी
वर्ग बैरी संग घाँटी जाेरेर बसे
तर
बाकी छाैँ
ज्युदा मानिसहरू अझै 
तिम्रो रगतले भिजेको माटोको टीका लगाएर,
अघि बड्ने छ लालक्रान्ति
निभ्ने छैनन् रक्तक्रान्तिका उज्यालो मशाल
पूरा हुनेछन् तिम्रा सपना हरू!!लाल अभिवादन कमरेड 
म,
तिम्रै बाटाेमा आउँछु
चितवन