
साताको साहित्य ः संस्मरण
२०५५ साल कार्तिक पहिलो सातातिर जनवादी भैलोको सिलसिलामा महिमा बुढाथोकीसँग भेट भयो । जनवादी भैलोको तालिम ढाकाडाम वडा नंं. ४ लम्पाखामा सुरु भयो । तालिमपछि हामी तीन समुहमा बाँडियौं । तिहारको भैलो खेलीसकेपछि समीक्षामा भेट भयो । त्यसपछिका दिनहरूमा भने हामी साङ्गठनिक काम लिएर गाउँहरूमा सँगै पुग्यौं । गाउँमा महिला र विद्यार्थी सङ्गठन बनाउँदा सँगै परिचालन गर्ने, प्रशिक्षण दिने गथ्र्यौं । कहिलेकाहीँ महिला सङ्गठन बनाउँदा विद्यार्थीहरूले सेन्ट्री गथ्र्यौं भने कहिले विद्यार्थी सङ्गठन बनाउँदा महिला साथीहरूले सेन्ट्री गर्नुहुन्थ्यो । गाउँहरूमा जनाधार बलियो हुँदै गएका कारण दिउँसै सङ्गठन विस्तार र भित्ते लेखन गथ्र्यौं । काम गर्दै जाँदा महिमासँग वर्गिय सम्बन्धका साथै आत्मीय सम्बन्ध पनि विकास हुँदै गयो । ठट्ट्यौली पाराले उनले मसँग कहिलेकाहीँ विहेको प्रसङ्ग पनि उठाउँथिन् । बाघखोर मलिक्चा हँुदै मलिवाङ्ग पुगेको बेला मैलै महिमासँग कुरा गर्नको लागि समय मागे भोलिपल्ट भेट्नका लागि । कुराको साईसुई उनलाई थाह भएछ क्यारे मुसुक्क हाँसेर भेट्ने समयको लागि स्वीकृति दिइन् । किमुटाकुरा स्थित उनकै घरमा भेट्ने कुरा भयो ।

भोलिपल्ट उनलाई भेट्न र मनका कुरा गर्नको लागि म किमुटाकुरा उक्लिएँ । उनी पार्टीको जरुरी चिठी लिएर वाफुखोला गएको खबर पाएँ र घरतिर लागेँ । भोलिपल्ट फेरी किमुटाकुरा उक्लिएँ । सुठो सुकाउने खल्यान लिप्दैै थिइन् उनले । खल्यान लिपिसकेपछि हामी एक ठाउँमा बस्यौं । केहीपर महिमाका बाजे र कान्छा काका बस्नुभएको थियो । हामीले पार्टी र क्रान्तिका कुरा गरेजस्तो गरेर मनका कुुरा ग¥यौं । मैले जनवादी क्रान्ति, हाम्रो जीवनशैली, पुरानो संस्कार संस्कृति, भविश्यमा आउने दिनहरू र हामीले अपनाउने नयाँ जनवादी संस्कृतिका कुरा गरें । कुराकै सिलसिलामा मैंले गाउँमा सँगै सङ्गठनको काम गर्दा आत्मीय सम्बन्ध बढेको र मैंले उनलाई जीवनसंगीनी बनाउन चाहेको बताएँ । कुरा ठिकै भएपनि तुरुन्तै बिहे गर्ने सोच आफुले नबनाएको र विहेको कुरा एक्कासी सुन्नुपर्दा अचम्म लागेको उनले प्रतिकृया दिइन् । त्यो दिन कुनै पनि निर्णयमा नपुगी हामी विदावारी भयौं ।
महिमाको घरबाट आप्mनो घरतिर लाग्दै गर्दा मन खिन्न भयो । विहेको कुरा नउठाएको भए हुन्थ्यो भन्ने लाग्यो । महिमाबाट कुनै निर्णय नआएपछि म अन्यौलमा परें । यस्तै अन्यौलताका बीचबाट २ हप्ता बिते । त्यसबेला सल्यानका होनहार योद्धा र जनताका प्रिय नेता गणेश शर्मा सन्देशको शहादत भएको थियो । बछेलाका माधु खडकाको शहादतले पनि हामी शोकाकुल थियौं । युद्धकालीन अवस्था । भर्खर विदाईका हातहरू मिलाएका साथीको शहादतको खबर सुन्नुपथ्र्यो । कहाँनेर कसलाई के हुन्छ थाहै हुँदैनथ्यो । एउटा साथीको शहादत हुन्थ्यो श्रद्धान्जली दिन्थ्यौं । आंखाका आंसु नसुक्दै फेरी अर्को साथीको खबर आउँथ्यो फेरी श्रद्धान्जली । एवम् प्रकारले हाम्रा ती कठीन दिनहरू वितिरहेका थिए । एकदिन घरमै बसिरहेको बेला महिमाले पठाएको चिठी पाएँ । गाउँकै बहिनी तुलसा जो उनी पनि अखिल नेपाल महिला संघ क्रान्तिकारीको सकृय कार्यकर्ता भएर काम गरिरहेकी थिइन् । उनले नै मलाई महिमाले पठाएको चिठी हात पारिन् । चिठी अलि लामो नै थियो । सबै कुरा पढें । चिठीमा विवाह बन्धनमा बाँधिने कुराको स्वीकारोक्ति थियो । २ हप्ता अघि खिन्न भएको मेरो मन खुसीले गद्गद् भयो तर एकचोटी उनलाई प्रत्यक्ष भेटेर मात्रै पूर्ण विश्वस्त हुने मेरो सोच बन्यो । चिठी पाएको भोलिपल्ट म महिमाको घर गएँ । घरदेखि नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी रहिछन् त्यहीं भेट भयो । बसेर कुराकानी ग¥यौं । चिठीमा लेखिएका कुराहरूबारे सोधें । पहिलो पटकको कुराकानीमा बिभिन्न कारणले तुरुन्तै निर्णय दिन नसकेको उनले बताइन् । चिठीमा लेखिएका कुराहरू नै अन्तिम निर्णय भएको उनले स्पस्ट पारिन् । एरिया पार्टी कार्यालयमा दुवैको तर्फबाट विवाहका लागि निवेदन दिने सहमति भयो । त्यसपछि म घरतिर लागें ।
महिमासँग अन्तिम निर्णय भएको २ दिनपछि मैंले दुवैको तर्फबाट हामीबीचको प्रेम सम्बन्धलाई बैवाहिक सम्बन्धमा रुपान्तरण गरिपाउँ भनी पार्टीको एरिया कार्यालयमा निवेदन दिएँ । २०५५ साल पौष २७ गते अनेरास्ववियू क्रान्तिकारी रुकुम अन्तरगत ९ नं एरियाको सम्मेलन हुँदै थियो । ढाकाडाम वडा नं ३ बछेला गाउँमा सम्मेलनको सम्पर्क स्थान थियो । म त्यसबेला विद्यार्थी सङ्गठनको गाउँसमिति अध्यक्ष थिएँ । म लगायत गाउँ समितिका केही साथीहरू सम्मेलनमा सहभागी हुन बछेलातिर लाग्यौं । त्यसबेला खारा, मुरु, पेउघा, सल्यानका ढाकाडाम, दार्माकोट, शिवरथ, वाफुखोला लगायतका गाविसहरू मिलाएर रुकुमको ९ नं एरिया बनेको थियो । २६ गते सांझ नै हामी सम्पर्क स्थानमा पुग्यौं । विद्यार्थी नेताहरू टिकाराम वली, गोपाल शर्मा, लुम्बीनी गौतम, गोपाल बोहरा, माओवादीका एरिया प्रतिनिधिहरू दिनेश, रोषण, सटरमान, विशाल, अरुण र एरियाभरीका विद्यार्थी प्रतिनिधि साथीहरूसँग भेट भयो । शहीद यज्ञबहादुर खड्का निर्मलको लामो घरमा सम्मेलन हुँदै थियो । २७ गते सम्मेलनको उदघाटन, २८ गते बन्द सत्र चल्यो । हाम्रो विवाहको कार्यक्रम पनि सोही सम्मेलनमा मिलाइएको एरियाका जिम्मेवार कमरेड दिनेश र रोषणले मलाई जानकारी गराउनुभएको थियो । २९ गते समापन तथा घोषणा सभाको कार्यक्रम थियो । महिमालाई ल्याउन भनी किमुटाकुरा गएको टोली प्रहरीको लखेटाईमा परेको खबर पायौं । पहल बहादुर बुढाथोकी कलम, सादाराम के सी, र भिम बहादुर के सी सँगम महिमालाई कार्यक्रम स्थलमा ल्याउन भनी गएको बेला प्रहरीसँग जम्काभेट भएछ । उहाँहरू तीनै जनाले भागेर ज्यान बचाउनुभएछ । फेरी केन्द्रित भएर किमुटाकुरा पुगी उहाँहरूले महिमालाई लिएर २९ गते बिहान ७ बजेमात्र सम्मेलन स्थल पुग्नुभयो । रोषण र दिनेशले महिमा र मलाई बोलाएर दुवैको मन्जुरी बारे सोध्नुभयो । जनवादी विवाहको लागि दुवैको मन्जुरी पाइसकेपछि उहाँहरूले बैवाहिक कार्यक्रमको आयोजना गर्नुभयो । विद्यार्थी सम्मेलनको बन्दसत्र सकिएको थियो । बिहान बैवाहिक कार्यक्रम सकेर घोषणा सभामा ढाकाडाम २ कोट प्रस्थान गर्ने कार्यक्रम तय गरिएको थियो । युद्धकालमा जनवादी विवाह कस्तो हुन्छ भन्ने कौतुहलता भएर होला बछेला गाउँका किसान, महिला विद्यार्थीहरू विवाह हेर्न भनी कार्यक्रम स्थलमा भेला भएका थिए । न त बाहुन न त मण्डप, न त कुनै पन्चे बाजा । विद्यार्थी सम्मेलन भएकै घरमा विवाह हुने भयो । कार्यक्रमको औपचारिक सुरुवातसँगै हामीलाई बर बधुको तर्फबाट सिट ग्रहण गराइयो । एरियाका जिम्मेवार कमरेडहरू र विद्यार्थी सङ्गठनका नेताहरूलाई पनि अतिथिको सिट ग्रहण गराइयो । विवाह हेर्न आएका बछेलाबासी र सम्मेलनमा आएका प्रतिनिधि पर्यवेक्षकहरूको उपस्थितिले कार्यक्रम हल खचाखच भरिएको थियो । हामीले एरिया पार्टीको रोहबरमा जनतालाई साक्षी राखेर विवाह गर्दै थियौं । १० रुपैयाँका मैनबत्ती, एउटा सलाईको बट्टा, अविर र माला छेउमा राखिएको थियो । यो पूजीवादी समाजमा विवाहलाई भड्किलो र खर्चिलो बनाउन थालिएको बेला हामीले भने करीब १५ रुपैयाँमा विवाह सम्पन्न गर्दै थियौं । हाम्रा जन्ती भनेका हलमा बसेका सर्वसाधारण किसान, महिला र विद्यार्थी थिए भने विधी पु¥याउने बाहुन भनेका माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययन गरेका पार्टीका नेतागणहरू थिए ।
पछिल्लो समयमा समाजका केही व्यक्तिहरूले विवाहलाई धनको आडम्बर देखाउने माध्यम बनाउन थालेको बेला हामी क्रान्तिकारीहरूले विवाहलाई जनताको व्यवस्था प्राप्त गर्ने आन्दोलन र समाजमा जनवादी संस्कृतिको विजारोपण गर्ने माध्यम बनाएका थियौं । हाम्रा लागि फजुल खर्च र खोक्रो आडम्बरको कुनै जरुरी थिएन । विवाह जहिले पनि दुई मनको बीचमा हुने गर्छ । धनको भन्दा मनकै विहे उचित थियो हाम्रा लागि । धनको घमण्ड देखाएर गरिएका कयौं विवाहहरू टिकाउ हुन नसकिरहेका उदाहरणहरू पनि समाजमा प्रसस्तै देख्न पाइन्थ्यो । कार्यक्रम संचालकको आज्ञा अनुसार हामीले मंचमा उभिएर मैनबत्ती बाल्यौं । एकले अर्कोलाई माला लगाईदियौं र निधारमा रातो टिका पनि । जीवनभर एकले अर्कोलाई साथ दिने कसम खाँदै हामीले मिलनका जोशिला हात मिलायौं । तालिको गडगडाहटले हल नै गुन्जियो । जनता र क्रान्तिकारी पार्टी माओवादीको बीचमा हाम्रो विवाह अनुमोदन भयो । हामीलाई नेता, कार्यकर्ता, जनता सबैले बैवाहिक जीवनको शुभकामना सहित रातो टिका लगाइदिए । महिमाका आफन्तका तर्फबाट पहल बहादुर बुढाथोकी र मेरो आफन्तको तर्फबाट दाजुहरू निम बहादुर र भिम बहादुरले निधारमा रातो टिका लगाइदिनुभयो ।
अविर, माल्यार्पण, प्रतिवद्धता मन्तव्य र नेताहरूको शुभकामना मन्तव्यपछि रसरंग कार्यक्रम सुरु भयो । मंचमा उपस्थित ९ जनाले टिप्ने गरी कागजका टुक्रा बनाइएको थियो । टुक्रामा जे लेखिएको छ त्यही अभिनय गर्ने कुरा थियो । स्याल हुइयां, फ्याउरो, मगन्ते, जुंगा उखेल्ने, कुकुर भुक्ने लगायतका अभिनयहरू कागजमा लेखिएका थिए । नौ जनाले कागजका टुक्रा उठाए । टुक्रा उठाउनेहरू पार्टीका एरिया स्तरीय नेता र विद्यार्थी नेताहरू नै थिए । कागजमा लेखिएअनुसार अरुणले दिनेशका जुंगा उखेल्नुपर्ने भयो । अरुणले दिनेशका जुंगा समातेर उखेल्न लाग्दा हलका सहभागी सबै पेट मिची मिची हाँस्न थाले । फ्याउरो, मगन्ते, स्याल, कुकुरको अभिनय गर्नेहरूले पनि हलका सहभागीहरूलाई धेरै हँसाए । रसरंग सकिएपछि खाजा र चियापान चल्यो । चियापान लगत्तै मेशबाट खाना पाकेको जानकारी आयो । खाना खायौं र घोषणा सभाका लागि वडा नं २ को कोटतिर लाग्यौं । सल्लेरी पाखाको उकालो । मेरो र महिमाको निधारमा रातो टिका र गलामा सयपत्रीको माला थियो । बाटोमा हिड्दा बेग्लै खालको अनुभुति भइरहेको थियो । हामी कोट पुग्यौं । सम्मेलनको घोषणा सभा र शहीद टिकाराम पुनको श्रद्धान्जली सभा सँगै आयोजना गरिएको थियो । कार्यक्रममा शहीद विजय घलेका बुबा आमाले ओजपूर्ण कुराहरू राख्नुभयो । त्यतिबेला हामी सबै भाव विहृल भयौं । टिकाराम लगायत सबै शहीदहरूका सपना पुरा गर्ने सङ्कल्प ग¥यौं । पश्चिमतिर सूर्यले विदाईको सङ्केत गरिरहेको थियो । कार्यक्रम सकेर हामी आआप्mनो ठाउँतिर लाग्यौं ।
समाप्त