निवृत्त कर्मचारीहरुकाे साधारणसभा

निवृत्त कर्मचारीहरुकाे साधारणसभा

ईश्वरीप्रसाद गैरे
तुलसीपुर दाङ / बैशाख ३०
नेपाल निबृत्त राष्ट्रसेबक समाज शाखा तुलसीपुर दाङको १३औ बार्षिक साधारणसभा समाजका अध्यक्ष निमकान्त ढकालको अध्यक्षतामा सम्पन्न भयो । नेपाल निबृत्त राष्ट्रसेबक समाजका केन्द्रीय अध्यक्ष चतुरमान डाँगीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । साे अवसरमा समाजका केन्द्रीय उपाध्यक्ष शंकर प्रसाद गौतम, केन्द्रीय सचिव हर्ष बहादुर डाङ्गी, केन्द्रीय सदस्य शेषमणी रिजाल, बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठान तुलसीपुरका अध्यक्ष डिल्लीराज श्रीधर रेफिकोलका अध्यक्ष इन्द्र बहादुर बुढाथोकी, समाजका आजिबन सदस्य बामदेब भुषाल, लगाएतका व्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष गगन कुमार गौतमले आर्थिक प्रतिबेदन र सचिव जगत कुमार वलीले साङ्गठनिक प्रतिबेदन पेस गरेकोमा छलफल पश्चात् दुबै प्रतिबेदन सर्वसम्मतिले पास गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट समाजमा महत्त्वपूर्ण भुमिका पु-याउनु भएका ब्यक्तित्वहरुलाई प्रमुख अतिथिले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा बक्ताहरुले निबृत्त राष्ट्रसेबकहरु राष्ट्रका गहना हुन बोझ होइनन् । निबृत्तहरुको सीप अनुभवलाई राज्यले उपेक्षा गरेकोमा दु:ख ब्यक्त गरे । राज्यले निबृत्तहरुको ज्ञान सीप अनुभव प्रयोग गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा स्वागत मन्तब्य समाजका उपाध्यक्ष धुर्ब गौतमले दिनुभएको थियो भने सञ्चालन सल्लाहकार ईश्वरीप्रसाद गैरेले गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व समाजका तुलसीपुर शाखा अध्यक्ष निमकान्त ढकालले गर्नु भएको थियो ।