राजस्थानको लगातार तेस्रो जित

बैशाख ४, २०८०

अहमदावाद — राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग २०२३ मा आइतबार लगातार तेस्रो जित आत्मसात गर्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको पाँच खेलबाट ८ अंक भएको छ । राजस्थानले गुजरात टाइटन्सलाई ३ विकेटले हराएको हो ।

‘प्लेयर अफ द म्याच’ सिमरन हेटमायरले नटआउट रहेर २६ बलमा बनाएको ५६ रनको मदतले राजस्थानले १९।२ ओभरमा १ सय ७९ रन बनाएको हो । उनले २ चौका र ५ छक्का प्रहार गरे । कप्तान सन्जु सामसनले पनि ६० रनको योगदान दिए ।

त्यस अगाडि गुजरातले सात विकेटमा १ सय ७७ रन बनाएको थियो । त्यसमा शुभमन गिलले ४५ र डेविड मिलरले ४६ रन बनाए । हारका बावजुत गुजरात ६ अंकसहित तेस्रो स्थानमा छ ।