गोल खडेरीबाट गुज्रिँदै बार्सिलोना

गोल खडेरीबाट गुज्रिँदै बार्सिलोना

बैशाख ४, २०८०

म्याड्रिड — बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा गेटाफेसँग गोलरहित बराबरी खेलेको छ । गोलको खडेरीबाट गुज्रिरहेको बार्सिलोना लगातार तेस्रो खेलमा पनि गोल गर्न चुकेको हो । यस नतिजाका बावजुद पनि बार्सिलोनालाई शीर्ष स्थानमा ११ अंकको अग्रता प्राप्त छ ।

लिगमा नौ चरणको खेल बाँकी छन् । बार्सिलोनाको ७३ अंक छ । यसअघि जिरोनासँग पनि गोलरहित बराबरी खेलेको बार्सिलोना कोपा डेल रेमा रियल म्याड्रिडसँग ४–० ले पराजित भएको थियो ।

अब बार्सिलोनाले अर्को साता एटलेटिको म्याड्रिडको सामनना गर्नेछ । एटलेटिकोले आइतबार लगातार छैटौं जित निकाल्ने क्रममा आल्मेरियालाई २–१ ले हराउँदै ६० अंक प्राप्त गरेको छ ।