दाङका तीनवटा क्याम्पसमा क्रान्तिकारी माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी)को एकल प्यानल दर्ता

दाङका तीनवटा क्याम्पसमा क्रान्तिकारी माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी)को एकल प्यानल दर्ता

दाङ – दाङमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)तीनवटा क्याम्पसमा एकल उम्मेदवारी दर्ता गराएको छ ।
जिल्ला ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मनोज थापाको नेतृत्वमा एकल प्यानल दर्ता गरिएको हो ।
सभापतिमा मनोज थापा ,सचिव केशवराज खनाल, र कोषाध्यक्ष सिमरन पोखरेलको प्रत्यक्ष उम्मेदवारी रहेको छ । यस क्याम्पसमा ८ प्रत्यक्ष र समानुपातिक ७ जना गरेर १५ सदस्सीय स्ववियु हुने प्रावधान छ ।
गढवा बहुमुखी गढवामा बिशाल यादवको नेतृत्वमा र राप्ती बबईमा चन्द्रा बस्नेतको नेतृत्व एकल प्यानल दर्ता गरिएको छ । प्यानलको सचिव रेखा राना मगर कोषाध्यक्षमा रविना खड्का रहेको अखिल (क्रान्तिकारी)ले जनाएको छ । त्यस्तै महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा भने अखिल (छैठौ) सेवक भट्टराई नेतृत्वमा नेकपा(बहुमत) र क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी)को संयुक्त प्यानल दर्ता गरिएको छ ।