काठमाडौं । जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिष्ट पार्टी ( सिपिसी) का महासचिव सी चिनफिङ निर्विरोध निर्वाचित हुनुभएको थाहाभएको छ । सिन्ह्वाको एक समाचारअनुसार बेइजिङमा जारी राष्ट्रिय जनकंग्रेसको १४ औँ महाधिवेशनले उहाँलाई राष्ट्रपतिमा सर्वसम्मतिले चयन गरेको हो । महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्षमासमेत निर्विरोध निर्वाचित गरेको छ । राष्ट्रपतिमा पुन: निर्वाचित भएपछि उहाँले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवं प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो । त्यसैगरी महाधिवेशनले हान झाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ । चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) शीर्ष राजनीतिक सल्लाहकार निकायको १४ औँ राष्ट्रिय समितिको उपाध्यक्षमा गत शुक्रबार २३ जना निर्वाचित हुनु भएको छ । नवनिर्वाचित उपाध्यक्षहरुमा शि ताइफेङ, हु चुनहुवा, शेन युएयु, वाङ योङ, झोउ छ्याङ, पग्बाल्हा गेलेग नामग्याई, हो हाउ वाह, लेउङ चुन– यिंग, बातेर, सु हुई, शाओ होङ, गाओ युनलोङ, चेन वु, मु होङ, सियान हुई, वाङ डोङफेङ, जियांग सिन्जी, जियाङ जुओजुन, हे बाओक्सियांग, वाङ गुआङकियान, किन बोयोङ, झू योङक्सिन र याङ जेन रहनु भएको छ ।त्यसैगरी वाङ दोङफेङभने समितिको महासचिवमा निर्वाचित हुनु भएको छ ।
यसैबीच अमेरिकी समाचार समिति एशोशिएटेड प्रेसले गम्भीर आर्थिक चुनौतीकासाथै अमेरिका र अन्यसँग बढ्दो तनावकाबीचमा तेश्रो पाँचवर्षे कार्यकालका निम्ति सी जनकंग्रेसबाट अनुमोदित हुनुभएको टिप्पणी गरेको छ । उहाँले दुई हजार ९५२ मत प्राप्त गर्नुभएको तथा उहाँको विपक्षमा एकमत पनि नपरेको जनाइएको छ । चिनियाँ नेताहरुले दशकमा एकपटक सत्ता हस्तान्तरणगर्ने परम्परालाई तोड्दै सी गत अक्टोबरमा तेश्रो पाँचवर्षे कार्यकालका निम्ति सिपिसीको महासचिव बन्नुभएको थियो ।
संविधानमा दुईपटकभन्दा बढी अवधि राष्ट्रपति बन्ननपाइने व्यवस्थालाई संशोधन गरेर उहाँ सत्तासिन हुनुभएको हो । गोप्यरुपमा भएको निर्वाचनमा उम्मेदवारको सूची सार्वजनिक भएको थिएन । सबै पदमा निर्विरोध भएको घोषणा गरिएको थियो । यद्यपि ग्रेट हलको विशाल सभागारमा मतपेटिका राखिएका थिए । यसैक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकोमा हार्दिक बधाइ सन्देश पठाउनुभएको थाहा भएको छ । राष्ट्रपति पुटिनले जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित भएको अवसरमा सीलाई न्यानो अभिवादनसहित बधाइ व्यक्त गर्नुभएको छ । चीनको नेशनल पिपुल्स कंग्रेसको निर्णयले राष्ट्र प्रमुखको हैसियतमा पुन: पुग्नुभएका सीको उच्च प्रतिष्ठा रहेको र चीनको आर्थिक तथा सामाजिक विकासलाई प्रवद्र्धनगर्दै देशको हितको रक्षागर्ने विषयमा अन्तरराष्ट्रिय मञ्चमा उहाँले खेल्नुभएको भूमिकलाई पुन: पुष्टिगरेको पुटिनले उल्लेख गर्नुभएको छ । रुसी पक्षले रुस–चीन बृहत्तर रणनीतिक साझेदारी सम्बन्धलाई थप सुदृढगर्नका लागि राष्ट्रपति सीको योगदानको उच्च प्रशंसा गरेको छ । रुसी राष्ट्रपति पुटिनले दुवैपक्षको संयुक्त प्रयासबाट बिभिन्न क्षेत्रमा रुस–चीन सहयोगले निरन्तरता पाउँदै आगामी दिनमा अझ फलदायी नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति पुटिनले क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्धाहरुमा सीसँगको समन्वयलाई निरन्तरता दिनेपनि बताउनु भएको छ । उहाँले मित्रवत् चिनियाँ जनताको हितलाई प्रवद्र्धनगर्न राष्ट्रपति सीले नयाँ र ठूलो उपलब्धि हासिल गर्नुहुनेछ भन्ने कामना समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर