क्रान्तिकारीपार्टीहरु विचको एकता : आजको आवश्यकता

क्रान्तिकारीपार्टीहरु विचको एकता : आजको आवश्यकता

नेपालमा अहिले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन कमजोर रहेको र कम्युनिष्ट नामधारी दक्षिणपन्थिहरु नै हावि रहेको हुँदा जनतन्त्र, जनजीविका र राष्टियताको आन्दोलन अत्यन्त कमजोर रहि मुलत: भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादीका दलाल पार्टीहरुले नेपालको शासन सञ्चालन गरेको हुँदा एमसिसि जस्ता देशद्रोही सन्धि पास गरेर कार्यान्वयन गर्दै छन । सन १९५० सालको नेपाल–भारत विचको–असमान सन्धिले नेपाललाई भारतको अर्धउपनिवेश बनायो । त्यसै गरि अहिले एमसिसि सम्झौताले अमेरिकाको पनि नेपाल अर्ध उपनिवेश वनाउदै छ । प्रचण्ड सरकारले नेपालीहरु नै आफ्नै देशमा अल्पमतमा पर्ने राष्टधाति नागरिकता विधेयक पनि पास गर्ने छन । यसमा एमाले, काग्रेस, माके सबैको सहमति छ । देशको आन्तरिक स्रोतले कर्मचारी को तलवसम्म दिन नसकिने अवस्था रहेको छ भन्ने आर्थिक टाटपल्टिने अवस्थामा देशको अर्थतत्र रहेको छ । देश लाइ यो अवस्थामा पर्याउने भुमिका यिनै दलाल पार्टी नेपाली काग्रेस, एमाले, माके लगायत सँसदवादी पार्टीहरुको नै रहेको छ । यस्तो अवस्थाको राष्टको अर्थतन्त्र, सार्वभौमिकता र अखण्डताको सुरक्षा र नयाँ जनवादी क्रान्ति गर्दै समाजवादी जानका लागी नेपालमा रहेको क्रान्तिकारी पार्टी, समुह व्यक्ति व्यक्तित्वहरु छिन्न भिन्न भएर होइन एकजुट हुनु पर्ने आजको परिस्थितजन्य आवश्यकता रहेको छ । यसै सन्दर्भमा नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (वहुमत) का विच पार्टी एकताको छलफल चलिरहेको कुरा बाहिर आएको छ ।

क्रान्तिकारीहरुले आत्मगत अवस्था (सँगठनात्मक अवस्था) मजवुत पार्नका दुईवटा विकल्पहरु रहेका छन् । सिदान्त, विचार राजनितिक कार्यदिशा मिल्नेहरुका विच पार्टी एकता गर्नु र आ–आफुले देशव्यापी सँघर्षले संगठन निर्माण गरि आत्मगत अवस्थालाई सुदृढ पार्नु वा सँगसँगै दुवै काम गरेर लिए जानुपर्छ । दक्षिणपन्थीहरु मध्येका एमाले र माओवादी केन्द्रको इतिहास हेर्ने हो भन्ने अहिलेको एमाले मुलत: २०२८ सालको झाफा विद्रोहको लिगेसी हो । २०२८ सालको एक एरिया, एक स्वाक्वर एक एक्सन भन्ने नाराका साथ शुरु गरेको झापा विद्रोहको असफलतापछि झापा, मोरंङ, इलाम, सिराहा, वारा र सिन्धुपाल्चोकका केहि कार्यकर्ताहरु २०३२ साल जेठ २४ र २५ गते विराटनगरमा भुमिगतरुपमा भेला भई अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन गठन गरे । २०३५ साल भाद्र १४ गते पुष्पलाल समुहबाट अलग भई निर्माण गरेको मुक्तिमोर्चा समुह, २०३५ भाद्र २६ गते पुर्वको रातो झण्डा समुह, २०३५ मसिर २७ गते पश्चिमको रातो झण्डा(सन्देश) समुह कोकेमा आवध्द भए पछि २०३५ साल पौष ११–१७ गते को राष्टिय सम्मेलनले नेकपा (माले) र २०४९ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) विच पार्टी एकता भएर हालको नेकपा ( एमाले) भएको हो ।
नेकपा (माओवादी–केन्द्र) को पृष्ठभूमी भनेको २०२८ साल मसिर २० गते मा गठन भएको केन्द्रिय न्युक्लियस ले २ वर्षसम्म अन्तरपार्टी फोरम सञ्चालन गरेर २०३१ भदौ ३० देखि असोज ७ गतेसम्म वनारसमा पार्टीको महाधिवेश गरि नेकपा (चौथो महाधिवेश) नामको पार्टी गठन गरियो । मोहन विक्रम सिंहले नेतृत्वमा २०४० साल कार्तिकमा गोरखपुरमा राष्टिय सम्मेलन आयोजना गरी नेकपा (मशाल) को स्थापना गरे भन्ने २०४० साल फाल्गुनमा निर्मल लामाको नेतृत्वमा नेकपा (चौम) को स्थापना गरे । नेकपा (मशाल) पनि २०४२ साल चैत्र २५–२८ गते सम्म गोरखपुरमा छुट्टै मोहनविक्रमले राष्टिय सम्मेलन गरेर नेकपा (मसाल) स्थापना गरे पछि विधिवतरुपमा विभाजन २०४८ साल असारमा आयो । मोहन वैधले नेतृत्व रहेको नेकपा (मशाल) र नेकपा (चौम), विद्रोही मसाल, सर्वहारावादी श्रमिक सगठन, नेकपा (जनमुखी) विच पार्टी एकता गरी नेकपा (एकताकेन्द्र) निर्माण र २०५१ साल जेठ १६–२१को राष्टिय सम्मेलनले एकताकेन्द्र विभाजन भई नेकपा (माओवादी) गठन गरेको हो जसको नेतृत्व प्रचण्डले गरिरहेको छन । आजसम्म यसमा पनि कयौ विभाजन र विखण्डन हुनुका साथै एमाले र माओवादी केन्द्र को नेतृत्व प्रतिक्रियावादी वर्गमा पतन भइसक्दा पनि यिनै भित्र रहेको नयाँ जनवादी र समाजवादी क्रान्ति पक्षधर कार्यकार्ताहरु भ्रमवाट मुक्त गर्न सकेका छैनन् ।

अहिले नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (वहुमत) विच पार्टी एकताको छलफल चलिरहेको छ । यि पार्टीहरु नितान्त नयाँ र फरक फरक पार्टी नभइ मशाल पार्टीबाट विभिन्न अवस्था , परिस्थिति र परिवेशमा भिन्न हुन गएका पार्टीहरु हुन् । अर्को शब्दमा भन्नु पर्दा एउटै नदि बग्ने क्रममा सो नदीका अलग–अलग हुन गएका धारहरु मात्र हुन् । नदीको मुहानबाट मग्ने पानी उही हो मात्र धारहरु फरक हुन् । यि पार्टीहरु विच एकताको प्रकियामा छलफल चलिरहेको अवस्थामा मोहन विक्रम सिंहले भने हामीबाट विभाजित हुनेहरु कसैले पनि पार्टी चलाउन सक्दैन, मोहन वैधमा गएर विलय हुने छन् भने । हाम्रो भविश्यवाणि पुष्टि हुदैछ भनि मसालभित्रका इमान्दार व्यक्तिहरुलाई भ्रम छरिरहेका छन् । हामीले कुनै गाई पालेमा सो गाईको दुध खानका लागी पाल्छौ । दुध नदिने थारो गाइ पाल्नुको कुनै अर्थ हुँदैन । मोहनबिक्रम सिंहको पार्टी के का लागि हो ? न एक्लै पार्टीको विकास गरेर क्रान्ति गर्न सक्ने ? न विचार सिद्धान्त र कार्यदिशा मिल्नेहरुसँग पार्टी एकता गरेर क्रान्तिकारी आन्दोलनलाई अगाडी बढाउन सक्ने ? पार्टी निर्माणको लक्ष्य भन्ने नयाँ जनवादी क्रान्ति गरेर सत्ता प्राप्त गर्नका लागि हो भन्ने उल्टो बाटोको यात्रा किन ? उहाँहरुको संसदीय मोर्चामा कुनै दिन ६ जना साँसद थिए । त्यसबाट घटेर तीन जना भए । सोबाटपनि घटेर एक जनामा सिमित रहनु परेको छ । त्यो पनि कांग्रेसको टेकोमा प्राप्त गरेको हो । विशाल सभाको त कुरै नगरौ कोणसभासम्म गर्न नसकिने भएपछि चुलो सभामा खुम्चिनु परेको छ । सीमिति व्यक्तिहरुलाई जम्मा गरेर चुलो सभा गर्न, कुनै विषयमा लेख लेखेर विश्लेषण गर्न र वक्तव्य दिन त सकिएला तर जनवादी क्रान्ति गर्न त धेरै टाठा कुरा सामान्य आन्दोलन पनि गर्न सक्ने ल्याकत मसालमा छैन । यस्तो अवस्थामा मसाललाई आफ्नो चिन्ता छैन अरुको टिप्पणी गर्न मस्त छन् ।

तिन पार्टीका विच वैचारिक, सैदान्तिक र राजनीतिक कार्यदिशामा समानता देखिएमा निश्चित विधि प्रक्रिया र पध्दति अवलम्वन गरी समानताका आधारमा पार्टी एकता हुन सक्छ । यसरी पार्टी एकता गर्दा कुनै पनि पार्टी अर्काे पार्टीमा प्रवेश गरेको भन्ने हुँदैन । विगतमा नेकपा (मसाल) र नेकपा (एकतकेन्द्र) पार्टीहरुका विच पार्टी एकता भएको हो कि एकअर्कामा प्रवेश गरेका हुन् ? कुनै काम आफुले गर्दा ठिक सोहि काम अरु गर्दा वेठिक देख्नु एक मनोरोग हो ? यो क्रान्ति र परिवर्तन विरोधी आत्माकुण्ठा संकीर्णताको अभिव्यक्ति पनि हो । कसैको इष्र्या, कुण्ठा र क्रान्तिकारी विचार विरुध्दका कुरा ले न त क्रान्तिकारीहरु विचको एकता नै रोकिन्छ न त क्रान्तिकारी परिवर्तन नै छेकिन्छ । नेपालीमा एक नमिठो भनाइ छ– कुकुर भुक्दै गर्छ हात्ति आफ्नो यात्रामा लम्किदै गर्छ । कुकुरको भुकाइले हात्तिको यात्रामा कुनै फरक पर्दैन । त्यसैगरी क्रान्तिकारीहरुका विचको एकतालाई असफल पार्न जो जसले जहाँसुकैबाट जे जस्तो हर्कत गरे पनि यो क्रान्तिको यात्रा निरन्तर वेगका साथ अगाडी बढ्ने छ, वढिरहने छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा नीतिगतरुपमा सामुहिक नेतृत्व भन्ने पनि व्यवहारमा पार्टी नेतृत्वले आफुलाई अघोषितरुपमा प्राधिकार सम्झिने र पार्टीको एकतप्कालाई च्यापेर सँधैभरि पार्टीको सत्ताको दुरुपयोग गरी भजनमण्डली तयार गर्ने जसले पार्टीभित्रको अन्तरसंघर्षलाई स्वच्छ, मैत्रिपुर्ण र जनवादी तरिकाले सञ्चालन नै नगरी दवाएर राख्ने वा अनुशासनको नाममा पार्टीबाट निष्कासन गरेर उसको राजनीतिक जिवन नै समाप्त पार्ने प्रवृत्ति छ भन्ने अर्को तर्फ पार्टी भित्र विचारमा सामान्य अन्तरविरोध आउने वितिकै जे जत्रो हुन्छ फुटेर छुटै झुण्ड बनाउने र त्यसको प्रमुख भएर आत्मारत्ािमा रमाउने प्रवृत्तिहरु पनि छन । यि दुवै प्रवृत्ति नेपालमा विशाल क्रान्तिकारी पार्टी निर्माण गर्न र नयाँ जनवादी र समाजवादी क्रान्ति सम्पन्न गर्न वाधक छन । चिनको कम्युनिष्ट पार्टीको पचास वर्षको इतिहासमा दश पटक पार्टीभित्र ठुलठुला अन्तविरोधहरु सृजना भइ समाधान पनि भए तर पार्टी विभाजन भएन । नेतृत्वले पार्टी अन्तसँघर्षलाई सहि ढङ्गले सञ्चालन गर्दाको परिणाम थियो अखण्डित चिनियाँ कम्युनिष्ट पार्टी ।

अहिले तीन क्रान्तिकारी पार्टीहरुविच मात्र पार्टी एकता हुन गइरहेको होइन । देशमा रहेका विभित्र क्रान्तिकारी, देशभक्त समुहहरु, व्यक्ति व्यक्तित्वहरु लाइ समेत यो महान कार्यमा समाहित गरेर लिन सकिएमा नेपालमा विशाल क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न सकिन्छ ।यसले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर देश लाइ विस्तारवादी र साम्राज्यवादीहरुको चङ्गुलबाट मुक्त गरि स्वाधीन स्वाभिमानी राष्टृ निर्माण गर्दै नयाँजनवादी र समाजवाद क्रान्तिको यात्रा अगाडी वढ्ने छ । यसका लागी सहि कार्यदिशाका साथै पार्टी नेता कार्यकर्तामा क्रान्ति प्रति इमान्दारीता ,त्याग, वलिदानी कार्यक्षमता र कार्यकुशलता र धैर्यता संयमता र वर्गपक्षघरता हुनु अति आवश्यक हुन्छ । कम्युनिष्टहरुको विगतको इतिहास पनि विभित्र समुहहरुलाई एकिकृत वनाएर जान्नेहरुले नै केहि न केहि परिवर्तनमा भुमिका निर्वाह गरेका छन र जनताले विश्वास गरेर र साथ र सहयोग पनि दिएको देखिन्छ ।