सन्दर्भ भक्तबहुर श्रेष्ठ स्मृति दिवस : ‘आजको कम्युनिष्ट राजनीति : केही अनुभूति’

सन्दर्भ भक्तबहुर श्रेष्ठ स्मृति दिवस : ‘आजको कम्युनिष्ट राजनीति : केही अनुभूति’

म आफू कम्युनिस्ट बन्ने बेलामा कस्ताकस्ता सपनाहरु बोकेको थिएँ । कम्युनिष्ट भनेका सबै इमान्दार, निष्कपट, त्यागी, देश र जनताका लागि प्राणको आहुति दिन सधैँ तत्पर रहनेहरु हुन् भन्ने मेरो धारणा थियो । देशका लागी हमेसा सङ्घर्षमय जीवन बिताउने, उच्च सर्वहारा संस्कृतिले ओतप्रोत, शोषित वर्गप्रति समभाव र तिनिहरुको मुक्तिका लागि साहसका साथ अघि बढ्ने, वर्गसत्रु प्रति घृणा आदि हुने, व्यक्तिका रुपमा मैले कम्युनिष्ट आन्दोलनमा सरिक भएको पनि करिब साँढे चार दशक पुगेछ । अनेक आरोहअवरोह पार गर्दै आजको अवस्था सम्म आइपुग्दा यो साँढे चार दशक मेरा लागि क्षणिक जस्तो हुन पुगको छ । आज मेरा ती सोचाइहरु मिथ्या कल्पना र कोरा आदर्शसिबाय केही रहेन छ भन्ने साबित भएको छ । त्यसबेलाका मेरा ती कल्पनाहरु वालशुलभ कल्पना मात्र रहेछ भन्ने लागेको छ । हाम्रो समाज वर्गीय समाज भएकाले कम्युनिष्ट भन्नेहरुमा पनि समाजमा विद्यमान विभिन्न वर्गहरुको प्रभाव परेको हुँदो रहेछ , त्यहाँ अनेक सङ्घर्षहरु हुन्छन् । सङ्घर्षका माध्यमबाट नै सही कान्तिकारी धार बोकेका कम्युनिष्टहरुको निमार्ण हुन्छ भन्ने कुरा अहिले मात्र मलाई अनुभूति भएको छ । अहिले म वर्तमान कम्युनिष्ट आन्दोलनलाई हेर्छु, कम्युष्टि भनिनेहरुको व्यवहार हेर्छु, देशको स्थितिलाई हेर्छु, मेरा पहिलेका कल्पना र अहिलेको वास्तविकतालाई देखेर छक्क पर्छु ।

कम्युनिस्ट सिद्धान्त भनेको समाज विकासलाई गति दिने एउटा वैज्ञानिक सिद्धान्त हो । त्यो व्यक्ति जसले त्यसलाई आत्मसात गरेर क्रान्तिकारी व्यवहारमा उतार्छ, जसले अनेकौँ गल्ती र कमजोरीहरुलाई सच्चाउँदै अघि बढ्छ , त्यसले मात्र क्रान्तिको नेतृत्व गरेर समाजको अन्तर्विरोध हल गर्दै इतिहासको गतिलाई अघि बढाउने रहेछ । यो नै सत्य रहेछ । यसमा सिर्जनात्मक चेतना, त्याग, बलिदान र साहसको आवश्यक्ता पर्छ । बाटो सुगम होइन, जटिल र कठिन हुन्छ , सीधा होइन, अनेकौं उकालीओराली र घुम्तीहरु हुन्छन् । यस कुरालाई बुझ्नेहरु मात्र अघि बढिरहेका छन्, घरबार त्यागेर सघर्षमा लागेका छन् सम्पत्तिको मोह त्यागेका छन् । उनीहरुले यसो गरेको व्यक्तिगत सम्पत्ति आर्जनका लागि होइन र मोजमज्जाका लागि पनि होइन । यो केवल देश र जनताका लागि हो । तर दुःखको कुुरा, यस यथार्थलाई बुझ्न नसक्ने ‘कम्युनिष्ट यहाँ प्रशस्तै छन् । प्रेरणा होइन हतोत्साहित पार्न, अघि बढ्न होइन, पछाडि धकेल्न, चेतनाको दियो जगाउन होइन, भ्रमहरु छर्न कम्युनिष्ट भन्नेहरु नै लागेको देख्दा मेरा पहिलेका बालसुलभ कल्पनाहरुले चित खाएका छन् । मेरो कल्पनाका कम्युनिष्टहरु र व्यवहारका कम्युनिष्टहरुमा आकासपातालको फरक खेख्छु । मेरा कल्पनाहरु साँच्चिकै गलत थिए त ? होइन, गलत थिएनन् । सहि र असली कम्युनिष्ट त त्यस्तै हुन्छन्, मैले सोचेजस्तै । भ्रम त कम्युनिष्टका नममा अर्कै वर्गको राजनीति गर्नेहरुले पो छरेका रहेनछन् ।

हेर्छु, आज कम्युनिस्ट भन्नेहरु , जडसूत्रवादको विरोधका नाममा, सिर्जनात्मकताको नाममा पँजीवाद अँगालिरहेका छन् । द्वन्द्ववादी सिद्धान्तका ठाउँमा अभिभूतवाद, भौतिकवादी दर्शनको ठाउँमा आदर्शवाद र सर्वहारा संस्कृतिको ठाउँमा पुँजीवादी संस्कृति अँगालिरहेका छन् । यही विकृतिले गर्दा क्रान्तिकारी मार्गलाई छाडेर उनीहरु कोही सोझै र कोही घुमाउरो पाराले संसदीय बाटोबाट साम्यवादी बाटोे पुगिने भ्रम र दुषित हावा फैलाइरहेका छन् । यस्ता कम्युनिष्ट नामधारीहरुको प्रदुषणले व्यवहारमा नकारात्मक वातावरणको सिर्जना गरिरहेछ । आज आफूलाई कम्युनिष्ट भन्ने एक थरीको राजनीति, चरित्र, संस्कृति र व्यवहारमा सामान्ती र पँजीवादी प्रतिक्रियावादीहरुको भन्दा कुनै भिन्नता देख्न सकिने आधारहरु देखिएका छन् । यसले कम्युनिष्ट शब्द र अर्थलाई कलङ्कित पारेको छ ।

राष्ट्रियताको प्रश्नमा लिउँ । हिजोका दिनमा प्रतिक्रियावादी वर्गको राज्यसत्ताले गण्डकी, कोसी भारतलाई सुम्पियो । आज कम्युनिष्ट भन्नेहरुले मेची–महाकाली सुम्पिए । दुखःको कुरा् यिनै सुम्पिनेहरु देशभक्त र जनक्रान्ति शक्ति भएका छन्, बनाइएका छन् । भारतीय विस्तारवादको छाता नओढी नेपालको सत्ताभोगी राजनीति गर्नै सकिन्न भन्ने धारणा कम्युनिष्ट भन्नेहरुमा पनि विकास हुँदैगएको छ । त्यसैले इसारामा ‘कम्युनिष्ट राजनीति सञ्चालन भएको थुप्रै उदाहरण दिन सकिन्छ । राष्ट्रियतामको लडाइँ लड्दै आएका कम्युनिष्टहरुले लडाइँको यो मैदान छाडिसम्दा पनि यो माक्र्सवादको सिर्जनात्मक प्रयोग नै भएको छ , उनीहरुलाई देशभक्तको पगरी गुमाइएकै छ । माक्र्स, लेनिन र माओका संसदीय व्यवस्थाको बारेमा दृष्टिकोणहरु उनीहरुका लागि डेट एक्सापाएर औषधिजस्ता भएका छन् । संसदीय व्यवस्थालाई टिकाउन कम्युनिष्टहरुकै छातीमा गोली दाग्ने काममा कम्युनिष्ट भन्नेहरुले नै औँठा छाप लगाइ दिएका छन् । कम्युनिष्ट भन्नेहरुका लागि घुस, भ्रष्टाचार र कमिसन सामान्य अर्थात् ‘मकै र मुला बराबर भएकम छन् । उनीहरुले यसलाई होइन भन्लान्, तर हिजोको उनीहरुको अवस्था र आजका तिनिहरुका महल, पनेरो र ऐसआरामको जिन्दगी आफैँले यसको साक्षी बस्छन् । उनीहरुका लागि अब दुष्मन शक्तिमा पनि फेरबदल भएको छ । उनीहरुको राजनीतिक व्यवहार र चिन्तनले यो सबै प्रस्ट पारेको छ । ढल्न लागेको प्रतिक्रियावादी शक्तलाई ‘कम्युनिष्ट को टेकोबाट अड्याउने काम भएको छ । प्रश्न छ ः नेपथ्यबाट कसले नचाइरहेको छ यिनिहरुलाई ? उनीहरुलाई सच्चिन बाटो देखाउनुभन्दा एकथरी ‘क्रान्तिकारीले उनीहरुलाई ‘देशभक्त र जनक्रान्त्रिक शक्ति’को पञ्जाछाप लगाइदिएपछि अब कसलाई क्रान्तिकारी भन्ने र कसलाई भ्रान्तिकारी छुट्याउन गारो परेको छ । यो समस्या अहिले असली कम्युनिष्टका सामु खडा भएको छ ।

मैले भन्न खोजेको कुरा के हो भने–आज कम्युनिष्ट सिद्धान्त, विचारधारा, नैतिकता, सबैको अवमूल्यन गर्ने, विसङ्गति र विकृति ल्याउने कामहरु कम्यसनिस्टकै नाममा प्रशस्त मात्रामा भएका छन् । सांस्कृतिक पक्षको स्खलन यति सारो भएको छ कि जो सानदार बिल्डिङमा ऐसआरामका साथ बस्छ, सरर्र चिल्लो पजेरनेको सयर गर्छ, त्यो खाँटी कम्युनिस्ट हुने वातावरणले प्रोत्साहन पाएको छ । कम्युनिस्ट भन्नेहरु नै भ्रष्ट आचारणका सबैभन्दा भद्दा उदाहरण बनेका छन् । कम्युनिस्ट सस्कृतिको हा्रस हुदैगएको छ , देशभक्तको भावना मर्दैगएको छ , सङ्घर्षशील भावना शिथिल पार्ने कोसिस भएको छ र क्रान्तिकारीहरु लाई निरुत्साहित पार्ने प्रयास भएको छ । संसदिय व्यवस्थाप्रति जनतामा बढेको वितृष्णालाई समेटेर क्रान्तिकारी आन्दोलनलाई अघि बढाउनु आवश्यक थियो । यसका लागि प्रतिक्रियावादीहरु त बाधक बनेबने आफूलाई कम्युनिस्ट भन्नेहरुसमेत बाधक बनेर उभिनु साँच्चिकै विडम्बनाको विषय हो ।

साँच्चै हो, एक थरी कम्युनिस्ट भनौदाहरु प्रतिक्रियावादी वर्गको खेलौना सावित भएका छन् । नेपालका एक थरी कम्युनिस्टहरु साम्राज्यवादी–विस्तारवादीहरुको जालोमा फसिसकेको स्पष्ट रुपमा साबित भएको छ । ‘क्रान्तिकारी उपयोग गर्ने भन्नेहरुसमेत संससदमा दुईचार सिट हात पार्नका लागी सिद्धान्त र विचार छाडेर संसद्वादको मोहजालमा फसेको कुरा राष्ट्रघात र जनघातका विरुद्ध आवाज उठाउँदै मालेमावादी सही कम्युनिष्ट विचार र व्यवहारलाई सहयोग गर्ने बेला आएको छ । यसप्रति गम्भिर भएर सोच्ने बेला आएको छ । कम्युनिस्ट आन्दोेलनलाई वर्गसङ्घर्ष र जनयुद्धको भट्टीबाट खारेर मात्र सही दिशा र गति दिन सकिन्छ भन्ने कुरा आम जनता र तमाम क्रान्तिकारीहरुले बुझ्नु र बुझाउनु परेको छ ।
(सौर्य साप्ताहिक, फागुन १४, २०५५) — भक्तबहादुर श्रेष्ठका सङ्कलित रचनाहरुबाट