पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णयको विरोधमा गरिएको कार्यक्रममा प्रहरी हस्तक्षेप, क्रान्तिकारी माओवादीका दुई जना स्थायी समिति सदस्यसहित १८ जना गिरफ्तार

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णयको विरोधमा गरिएको कार्यक्रममा प्रहरी हस्तक्षेप, क्रान्तिकारी माओवादीका दुई जना स्थायी समिति सदस्यसहित १८ जना गिरफ्तार

काठमाठौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले पृथ्वी नारायण शाहको जन्मजयन्तीमा सार्वजनिक विदा दिने भनी गरेको निर्णयको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल जनजाति महासंघले आयोजना गरेको शान्तिपूर्ण विरोध कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघर मण्डलामा गरेको कार्यक्रमाथि हस्तक्षेप गरी नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीस, स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतीक लगायत १८ जना नेता कार्यकर्ताहरुलाई समेत गिरफ्तार गरेको छ ।


गिरफ्तारमा पर्ने अन्य नेताहरुमा क्रान्तिकारी माओवादीका पिविएम पवनमान श्रेष्ठ, सिसिएमहरु शारदा महत, आकाश महर्जन, फुर्नाम्गेल मोक्तान, शिव श्रेष्ठ, इन्दिरा अधिकारीसहित श्याम केसी, बलराम तिमिल्सिना, अनु निरौला, सुरेश तामाङ, मंगल तामाङ, शोभा सेन्चुरी, मिनकुमार राना, टेकबहादुर विक, गंगा राई र मधु श्रेष्ठ हुनुहुन्छ । उहाँहरुलाई अनामनगरको प्रहरीवृतमा राखिएको छ ।


नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एक प्रेस वक्तव्य जारी गरी प्रहरी दमनको घोर विरोध गर्दै गिरफ्तार नेता कार्यकर्ताहरुलाई शिघ्र रिहाइका लागि जोडदार माग गर्नुभएको छ ।